Like us!
Follow us!
Connect us!
Watch us!

उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा आज, ७३ पदका लागि १३७ उम्मेदवार मैदानमा

अर्थ संसार

सोमबार, २१ बैशाख २०८३, ०७ : ३३ मा प्रकाशित

उद्योग वाणिज्य महासंघको ६०औँ साधारणसभा आज, ७३ पदका लागि १३७ उम्मेदवार मैदानमा

नेपालको निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक साधारण सभा तथा नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम आजबाट ललितपुरमा सुरु हुँदै छ । विभिन्न कानुनी उल्झन, आन्तरिक विवाद र अदालतको स्थगन आदेशपछि तय भएको यो साधारण सभाले महासंघलाई आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति सुम्पिनेछ । 

आज (वैशाख २१ गते) ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा साधारण सभाको भव्य उद्घाटन गरिने कार्यक्रम छ । उद्घाटन सत्रमा देशभरका उद्योगी व्यवसायी, सरकारका उच्च अधिकारी र सरोकारवालाहरूको बाक्लो उपस्थिति रहनेछ । साधारण सभाको दोस्रो दिन अर्थात् भोलि २२ गते काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान (प्रज्ञा भवन) मा मतदान प्रक्रिया सम्पन्न हुने निर्वाचन समितिले जनाएको छ । महासंघको वर्तमान विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान रहेको छ । यस अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ महासंघको आगामी अध्यक्ष बन्ने निश्चित भएको छ । 

७३ पदका लागि १३७ उम्मेदवार

यस पटकको निर्वाचनमा कार्यसमितिका विभिन्न पदहरूमा कडा प्रतिस्पर्धा देखिएको छ । महासंघको ७३ सदस्यीय नयाँ कार्यसमितिका लागि कुल १३७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । देशभरका २ हजार १५३ जना मतदाताले यस निर्वाचनमा भाग लिनेछन् । सबैभन्दा बढी मतदाता एसोसिएट समूहबाट रहेका छन्। जसले निर्वाचनको नतिजामा निर्णायक भूमिका खेल्ने देखिन्छ । वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष (जिल्ला–नगर, वस्तुगत र एसोसिएट) र विभिन्न समूहका सदस्य पदका लागि व्यवसायीहरूले प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको