Like us!
Follow us!
Connect us!
Watch us!

"काका" अब सामाजिक सञ्जालमा सेयरकाबारे नबोल्ने, के हो कारण ?

अर्थ संसार

बुधबार, ०६ साउन २०७८, १३ : ३७ मा प्रकाशित

"काका" अब सामाजिक सञ्जालमा सेयरकाबारे नबोल्ने, के हो कारण ?

सेयर बजारमा काका उपनामले परिचित केशब कोईराला लामो समय देखि सामाजिक सञ्जालमा सक्रिय हुँदै आएका थिए । लामो समय देखि सामाजिक सञ्जालहरु मार्फत लगानीकर्ताहरुलाई विभिन्न सेयर बजार सम्बन्धी जानकारीहरु दिँदै आईरहेका थिए । 

लामोसमय देखि सामाजिक सञ्जालमा सक्रिय काका अर्थात केशब कोइरालाले सामाजिक सञ्जालहरु मार्फत सञ्चालन गर्दै आइरहेको जानकारी मूलक गतिविधी स्थगित गर्ने भएकाछन् । आज उनले आफ्नो फेसबुक पेज काकासंग सेयरका कुरा मार्फत यस्तो जाकारी दिएका हुन् । 

काकाको सामाजिक सञ्जालको गतिविधिलाई कतिपय लगानीकर्ताहरुले सहि काम भन्दै समर्थन गरिरहेका थिए भने कतिपय लगानीकर्ताहरुले भने काकाको उक्त गतिविधीको विरोध समेत गर्दै आइरहेका थिए । सामाजिक सञ्जालहरु मार्फत सेयर बजारका विभिन्न चलखेलहरुको चर्को विरोध गर्दै आइरहेका काकाले नै सामाजिक सञ्जाल मार्फत सेयरबजारको चलखेलमा संलग्न भएको कतिपयले आरोप लगाउने गरेका थिए ।

काका आँफु बिगत केही बर्ष देखि नयाँ तथा साना लगानीकर्तालाइ कमजोर र कर्नरिङ गरिएका कम्पनीहरु बाट जोगाउदै न्यून मुल्याङ्कित कम्पनीमा लगानी गर्न सामाजिक सन्जाल मार्फत सुझाव र सल्लाह दिदै आएको छु। यस बिचमा फसाउन खोज्नेहरु को फेक आइडि बाट गाली  र नयाँ र आम लगानी कर्ताहरुको तालीको सामना गर्दै आएको बताउछन् उनि । 

बुलिस बजारमा नयाँ लगानी कर्ताको पहिलो रोजाइ नै मैले बिरोध गर्ने पत्रु कम्पनीहरु नै परेको भन्दै उनले हिले आएर मैले जसको हितमा आवाज उठाउदै थिए उनै लगानीकर्ताहरु हरु म प्रति जाइ लाग्न थालेकोले मेरो सचेतना अनावश्यक भएको निस्कर्षमा म पुगेको बताएका छन् ।

अतः सामाजिक सन्जाल मार्फत सचेतना जगाउने अभियान यहि स्थगित गर्दछु। ९० प्रतिशत नयाँ लगानीकर्ता लगानी डुबाउन नै बजार छिर्ने हुन,तिनलाई मैले रोकेर रोकिन्नन काइरालाले भनेकाछन् ।

केशब कोईराला काकाले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्ट्याटस यस्तो छः  

अभियान स्थगित गरेको जानकारी !!

------

-बिगत केही बर्ष देखि नयाँ तथा साना लगानीकर्तालाइ कमजोर र कर्नरिङ गरिएका कम्पनीहरु बाट जोगाउदै न्यून मुल्याङ्कित कम्पनीमा लगानी गर्न सामाजिक सन्जाल मार्फत सुझाव र सल्लाह दिदै आएको छु।

- यस बिचमा फसाउन खोज्नेहरु को फेक आइडि बाट गाली र नयाँ र आम लगानी कर्ताहरुको तालीको सामना गर्दै आएको छु।

- बुलिस बजारमा नयाँ लगानी कर्ताको पहिलो रोजाइ नै मैले बिरोध गर्ने पत्रु कम्पनीहरु नै रहेको मैले पाए।

- हाल आएर मैले जसको हितमा आवाज उठाउदै थिए उनै लगानीकर्ताहरु हरु म प्रति जाइ लाग्न थालेकोले मेरो सचेतना अनावश्यक भएको निस्कर्षमा म पुगे ।

- अत: सामाजिक सन्जाल मार्फत सचेतना जगाउने अभियान यहि स्थगित गर्दछु।

९०% नयाँ लगानीकर्ता लगानी डुबाउन नै बजार छिर्ने हुन,तिनलाई मैले रोकेर रोकिन्नन ।

60f7d457287c3.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको