अर्थ संसार, मुस्ताङ–छिमेकी राष्ट्र चीनले उपल्लो मुस्ताङका दुई गाउँपालिकालाई रु सात करोड ५० हजारको निर्माण सामग्री सहयोग गरेको छ ।
चीनको सीमावर्ती मुस्ताङको लोमान्थाङ र दालोमे गाउँपालिकाका स्थानीयवासीलाई चीन सरकारले विभिन्न निर्माण सामग्री सहयोग गरेको हो ।
चीनले हरेक वर्ष उपल्लो मुस्ताङलाई निर्माण र खाद्यान्न सहयोग गर्दै आएको छ । इलाका प्रशासन कार्यालय लोमान्थाङका प्रमुख जितेन्द्र बलामीले चीनबाट सय टन सिमेन्ट, ५० टन छड, ६ हजार पिस प्लाइउड, १० हजार पिस ब्याम्बू प्लाइउड, सातहजार पिस उडकिप र ११ हजार पिस जस्तापाता उपलब्ध गराएको जानकारी दिनुभयो ।
कोरला नाकाहुँदैल्याइएको उक्त सामग्री चीन सरकारका प्रतिनिधिले दुई गाउँपालिकाका प्रमुखलाई हस्तान्तरण गरेका थिए । उक्त सामग्रीलाई उपल्लो मुस्ताङका दुई गाउँपालिकाका स्थानीयवासीलाई वितरण गरी निर्माण कार्यमा खर्चिने दालोमे गाउँपालिकाका प्रमुख लोप्साङ छोम्फेल विष्टले बताउनुभयो । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस