Like us!
Follow us!
Connect us!
Watch us!

चर्काे जनदबाबपछि  चितवन बन्द फिर्ता

विहीबार, १८ जेठ २०७४, १० : ५२ मा प्रकाशित

चर्काे जनदबाबपछि  चितवन बन्द फिर्ता

अर्थ संसार, रत्ननगर (चितवन ) – नेकपा (एमाले) चितवनले आजका लागि गरिएको जिल्ला बन्दको कार्यक्रम फिर्ता लिएको छ । चर्को जनदबाबपछि बन्द फिर्ता गरिएको एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले जानकारी दिनुभयो । 

भरतपुर महानगरपालिकाको मतगणना अघि नबढाएको भन्दै दबाब दिन एमाले चितवनले आज एक दिन चितवन बन्दको घोषणा गरेको थियो ।

बन्द नगर्ने प्रतिबद्धता जनाएको एमालेले बन्द आह्वान गरेको भन्दै सामाजिक सञ्जालबाट चर्को विरोध आएको थियो । सोही कारण गएराति १० बजे एमालेले चितवनले बन्द फिर्ता भएको घोषणा गरेको थियो । बन्द फिर्ता भएपनि मतगणना नजिकै सुरु गरिएको धर्ना कार्यक्रम भने जारी रहेको एमाले चितवनका इन्चार्ज कृष्ण खनालले जानकारी दिनुभयो । 

गणनाका क्रममा मतपत्र च्यातिएर मतगणना रोकिएपछि आन्दोलन चलाउँदै आएको एमाले चितवनले मङ्गलबारदेखि धर्ना कार्यक्रम गर्दै आएको छ । एमाले चितवनका अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले मतगणना तुरुन्त सुरु गर्न माग गर्नुभएको छ । जेठ १४ गते राति मतगणना भइरहेको समयमा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको आरोप एमालेको छ । 

सोही दिनदेखि भरतपुर महानगरपालिकाको मतगणना कार्य स्थगित भएको छ । माओवादी केन्द्रले भने एमालेले मतपत्र नियन्त्रणमा लिन थालेपछि सुरक्षा गर्न जाँदा मतपत्र च्यातिन पुगेको दाबी गर्दै आएको छ जसका कारण अहिले भरतपुरको मतगणनास्थलमा सिल गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको