Like us!
Follow us!
Connect us!
Watch us!

सेयर किन्ने र बेच्ने बेला कसरी थाहा पाउने ? लगानीकर्ता नयन बास्तोलाका टिप्स यस्ता छन् (भिडियो कुराकानी)

अर्थ संसार

आइतबार, १० साउन २०७८, ०८ : ०० मा प्रकाशित

नयन बास्तोला लामो झण्डै एक दशकदेखि सेयर कारोबार गर्दै आएका छन् । केही समयअघि सुस्ताएको सेयर बजार नयाँ सरकार गठनपछि एकाएक उकालो लागेको छ । उनलाई सेयर बजारले नयाँ सरकारलाई पत्याएको भन्ने लाग्छ ।

सरकारबाट सेयर बजारले के अपेक्षा गर्ने ? हामीले उनलाई प्रश्न गर्यौं । सेयर बजारमा नियामक निकाय र सरकारले धेरै सुधारको अपेक्षा गरेको उनी बताउँछन् । नयाँ सरकारका अर्थमन्त्री जनताले रुचाएकका ब्यक्ति भएकाले उहाँबाट सेयर बजारले धेरै अपेक्षा गरेको उनको भनाइ छ ।

हामीले बास्तोलालाई सोध्यौं, तपाइँको लगानीको सूत्र के हो ? कम्पनीको आधारभूत कुराहरु हेरेर सेयर किन्ने कि बजारको ट्रेन्ड हेरेर ? सेयर किन्दा हेर्नु पर्ने कुराहरु चाहिँ केके हुन् ? बजारमा सधैं लगानी गरिएको रकम बढेरै जान्छ ? कस्तो बेलामा सेयर किन्ने र कस्तो बेलामा बेच्ने ? कुनै कम्पनीले हकप्रद ल्याउने भयो भने सेयर मूल्य अकासिन्छ । हकप्रद आउँदै छ भनेर कुनै कम्पनीको सेयर उचालिएर किन्नु उपयुक्त हो ? हामीले बास्तोलासँगको कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको