Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारमा सामान्य गिरावट, ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

सोमबार, ११ साउन २०७८, १४ : ५७ मा प्रकाशित

सेयर बजारमा सामान्य गिरावट, ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

आज (साेमबार) फेरि सेयर बजार घटेकाे छ । आइतबार नेप्से परिसूचक ३०५८.६३ विन्दुमा पुगी अलटाइम हाई रेकर्ड बनाएकाे थियाे ।

नेप्से परिसूचक घट्दा पनि काराेबार रकम बलियाे छ । बढ्दाे काराेबार रकमले सेयर बजार पनि बढ्ने संकेत गर्दछ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक ८.२४ अंकले घटेर ३०५०.४२ मा पुगेकाे छ । नेप्से ०.२७ प्रतिशतले घटेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक २.९३ अंकले घटेर ५७१.१० मा पुगेको छ ।

कूल २२३ वटा कम्पनीकाे ३ कराेड ७० लाख ६१ हजार ४ सय ४७ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४ सय ३१ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

60fe84c0202b5.jpg

60fe84d869033.jpg

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर बढेकाे छ भने ५ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

60fe84de2d200.jpg

सोमबार सर्वाधिक कारोबार हुने १० कम्पनीहरूमा क्रमश ङादी ग्रुप पावर, हिमालयन डिष्टीलरी, एनआईसी एशिया बैंक, कृषि विकास बैंक, नेपाल बैंक, अरूण भ्याली हाइड्रोपावर, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, नबिल बैंक र मञ्जुश्री फाइनान्स रहेका छन् ।

60fe84e2545e4.jpg

साेमबार सेयर बजार घट्दा पनि ५ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । ग्रीन लाइफ हाइड्राेपावर, जानकी फाइनान्स, माउन्टेन हाइड्राे, रिडी हाइड्राे र विशाल बजारकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । त्यस्तै, ङादी ग्रुप पावर कम्पनी लिमिटेड र हिमालयन उर्जाकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

यी ७ वटा कम्पनी बाहेक सर्वाधिक नाफा कमाउने १० वटा कम्पनीहरूमा पर्ने अन्य ३ कम्पनी क्रमश प्रोग्रेशिभ फाइनान्स, साञ्जेन जलविद्युत र रसुवागढी हाइड्रोपावर रहेका छन् ।

60fe84e7851e9.jpg

यस दिन सर्वाधिक नाफा गुमाउने १० कम्पनीहरूमा क्रमश ११ प्रतिशत एनआइसी एशिया डिबेञ्चर २०८२/८३, पोखरा फाइनान्स, सनराइज बैंक, सनराइज फर्स्ट म्युचुअल फण्ड, सानिमा बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, एनआइसी एशिया ब्यालेन्स फण्ड र एनआइसी एशिया ग्रोथ फण्ड रहेका छन् ।

60fe84ed44f66.jpg

याे पनि :

कुन कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण? अब के होला? Forecast : Shrawan 10-14 | Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको