Like us!
Follow us!
Connect us!
Watch us!

सेयर गसिपः नीति परिमार्जनको हल्लाले बैंकको सेयर मूल्यमा पहिरो !

अर्थ संसार

सोमबार, ११ साउन २०७८, १६ : ३६ मा प्रकाशित

सेयर गसिपः नीति परिमार्जनको हल्लाले बैंकको सेयर मूल्यमा पहिरो !

अहिले नेपालको सेयर बजार सर्वाधिक चर्चाको बिषय बन्ने गरेको छ । करिब १ बर्षअघिसम्म सीमित ब्यक्ति र समूहले मात्र कारोबार गर्दै आएकोमा अहिले अनलाइन कारोबारले आम जनताहरुको पहुँचमा बजार पुगेको छ । 

अघिल्लो बर्षको बैशाखमा करिब ४ लाखको संख्यामा आईपिओमा आवेदन पर्ने गरेकोमा अहिले बृद्धि भएर करिब २२ लाखसम्मले आवेदन गरेको रेकर्ड छ ।  डिम्याट खाता खोल्ने लगानीकर्ताहरुको संख्या पनि करिब ३७ लाख पुगिसकेको छ । 

सेयर बजारमा आईपिओमा आवेदन गर्नेहरुको संख्या सँगसँगै दोस्रो बजार कारोबार गर्नेहरुको संख्यासमेत उल्लेखनीय रुपमा बृद्धि भइरहेको देखिन्छ । बजारमा लगानीकर्ताहरुको संख्या बढेपछि सेयर बजार सर्वाधिक चर्चाको विषय बन्ने गरेको हो ।

सामाजिक सञ्जाल फेसबुक, क्लब हाउस, भाइबर र ट्विटरदेखि चिया चौतारीसम्म अहिले चर्चाको विषय बन्ने गर्छ सेयर । २९४ जना साथीहरुको जमघटमा समेत अहिले राजनितिक बहस हुन छाडेर सेयर बजारमा केन्द्रीत हुने गरको देखिन्छ । 

बजारमा लगानीकर्ताहरुको उपस्थिति बढेसँगै बजारलाई प्रभावित पार्न हल्ला पनि चल्ने गर्छन्  । अझ भनौं नियोजित रुपमा यस्ता हल्ला चलाइन्छन् । कतिपय हल्ला ९गसिप० पछि सही सावित हुन्छन्, कतिपय हल्ला बजारलाई प्रभावित पारेर फाइदा लिन प्रायोजित रुपमा चलाइन्छन् ।
 
केहि हदसम्म नेपालको मात्र नभएर विश्वकै सेयर बजार हल्ला बाट प्रभावित हुने गरेको देखिन्छ । लगानीकर्ताको सबैभन्दा ठुला क्षमता नै कुन हल्ला प्रायोजित र कुन हल्ला वास्तविक भनेर चिन्नु नै हुने देखिन्छ । जसले प्रायोजित हल्लामा लागेर सेयर कारोबार गर्छ त्यो एक दिन अवश्य पनि फस्छ । 

कुन हल्लामा कति सत्यता छ वा छैन भन्ने कुराको अध्ययन र विश्लेषण गरेरमात्र लगानी गर्दा मात्र त्यो लगानी सुरक्षित हुन्छ । बजार हल्लाका पछाडि  मात्र लागेर लगानी गर्नेहरुले क्षणिक कुनै एक दुई कम्पनीमा मुनाफा हाँसिल गर्न सक्लान् तर दीर्घकालिन रुपमा यसले नोक्सानी ब्यहोर्नु पर्ने हुन सक्छ । त्यसकारण लगानीकर्ताहरुले हल्लाको मात्र पछि लागेरभन्दा अध्ययन गरेर लगानी गर्ने बानीको विकास गर्नुपर्ने जरुरी हुन्छ । 

हामीले नियमित रुपमा यिनै बजारमा फैलिएका विभिन्न हल्ला र गसिपको बारेमा वास्तविकता सहित हाम्रा पाठकलाई पस्किने प्रयत्न गर्नेछौ । हामीले प्रकाशन गरेका विभिन्न बजारका हल्ला र गसिपकै आधारमा कुनै पनि कम्पनीको सेयर खरिद गर्न वा विक्रि नगर्न अनुरोध हाम्रा पाठकहरुलाई गर्दछौ । 

गसिप १ः गुडलोन को प्रोभिजनमा बृद्धिको हल्ला

केहि दिन देखि निरन्तर उकालो लागेको वाणिज्य बैंकहरुको सेयर मूल्य आज एकाएक ओरालो लाग्यो । आर्थिक बर्ष सकिएर अब बैंकहरुले वित्तिय विवरणहरु प्रकाशन गर्ने र केहि महिनामै लाभांश घोषण गर्ने भएकाले अबको केहि समय बैंकहरुको सेयर मूल्य उचालिने धेरैको विश्लेषण थियो ।

विगतका बर्षहरुको तुलनामा गत आर्थिक बर्षमा अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले राम्रो मुनाफा हाँसिल गरेको कारण राम्रो प्रतिफल वितरण गर्ने प्रक्षेपणले लगानीकर्ताहरु बैंकहरु तर्फ डाइभर्ट भएको देखिन्थ्यो । तर आज एक्कासी बजारमा फैलिएको एउटा हल्लाका कारण बैंकहरुको सेयर मूल्य घट्न पुग्यो । 

आज बजारमा अहिले सम्म बैंकहरुले गुड लोनको १ प्रतिशत रकम प्रोभिजनिङ गर्नुपर्ने व्यबस्था रहिआएको मा अब नेपाल राष्ट्र बैंंकले उक्त गुड लोनको १ प्रतिशत रकम प्रोभिजनिङ रकमलाई ५० देखि १०० प्रतिशत सम्म बढाउने हल्लाले आज वाणिज्य बैंकहरुको सेयर मूल्य घटेको हो । 

अहिले सम्मको व्यबस्था अनुसार बैंकहरुले गरेको लगानी मध्यको गुडलोन अर्थात समयमै किस्ता तिरिरहेका ग्राहकहरुबाट प्राप्त रकमको १ प्रतिशत रकम कटाएर मात्र त्यस्तो नाफालाई खुद मुनाफामा समाबेस गर्ने गरिन्थ्यो अव त्यो व्यबस्थामा परिवर्तन गरि उक्त रकममा बृद्धि गर्दा बैंकहरुको खुद मुनाफा घट्ने प्रक्ष्यपणले अहिले बैंकहरुको सेयर बेचेर लगानीकर्ताहरु बाहिरिन खोजेको कतिपयको तर्क छ ।

जो आईतबार ३ प्रतिशत भन्दा बढिले बृद्धि भएको वाणिज्य बैंकहरुको उपसूचक आज २ प्रतिशतले घटेको छ भने विकास बैंकहरुको उपसूचक ०.७२ प्रतिशतले घटेका छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको