Like us!
Follow us!
Connect us!
Watch us!

दिनहुँ नयाँ कीर्तिमानीतर्फ सेयर बजार, काराेबारमा हाइड्राेपावर अब्बल

नेप्से

बुधबार, १३ साउन २०७८, १४ : ५६ मा प्रकाशित

दिनहुँ नयाँ कीर्तिमानीतर्फ सेयर बजार, काराेबारमा हाइड्राेपावर अब्बल

नेपाली सेयर बजार दिनहुँ नयाँ कीर्तिमानीतर्फ लम्किरहेकाे छ । सेयर बजारमा आज फेरि अल टाइम हाइ रेकर्ड बनेकाे छ । नेप्से परिसूचकले यसअघिकाे नयाँ रेकर्ड ताेड्दै हालसम्मकै उच्च विन्दुमा पुगेकाे हाे ।

बुधबार नेप्से परिसूचक ३०९४.९४ पुगेकाे छ । हिजाे (मंगलबार) नेप्से परिसूचक ३०७९.६७ विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । नेप्सेले आज साेही विन्दु ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । याे बन्द हुँदाकाे उच्च विन्दु हाे । इन्ट्रा डे काराेबारमा भने नेप्से परिसूचक ३१ सय माथि पुगिसकेकाे छ । 

चालु आर्थिक वर्ष सुरू भएसँगै सेयर बजारमा फेरि चमक सुरू भएको छ । नेप्सेले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू पनि उत्साहित छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक १५.३० अंकले बढेर ३०९४.९४ मा पुगेकाे छ । नेप्से ०.५० प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.०२ अंकले बढेर ५७४.३२ मा पुगेको छ ।

कूल २१९ वटा कम्पनीकाे २ कराेड ८१ लाख ७० हजार एक सय ७२ कित्ता सेयर खरिदबिक्री हुँदा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५ सय ३५ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

610125868b8b9.jpg

6101259c94237.jpg

१३ उपसमूहकाे अवस्था :

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ४ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

यस दिन सबैभन्दा धेरै हाइड्राेपावर उपसमूहकाे ४ अर्ब एक कराेड ९ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे छ ।

सर्वाधिक काराेबार हुने १० कम्पनी :

बुधबार सर्वाधिक कारोबार हुने १० कम्पनीहरूमा क्रमश युनाइटेड मोदी हाइड्रोपावर, नेशनल हाइड्रोपावर, अरूण भ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर, अपि पावर, नेपाल पूनर्बीमा कम्पनी, अरूण काबेली पावर, युनिभर्सल पावर, सिनर्जी पावर र एनएलजी इन्स्योरेन्स रहेका छन् ।

610125a6df376.jpg

सर्वाधिक मूल्य बढ्ने १० कम्पनी :

बुधबार सर्वाधिक मूल्य बढ्ने १० कम्पनीहरूमा क्रमश नारायणी डेभलपमेन्ट बैंक, चन्द्रागिरी हिल्स, मल्टीपर्पस फाइनान्स, सोल्टी होटल, कर्पोरेट डेभलपमेन्ट बैंक, लुम्बिनी जनरल इन्स्योरेन्स, नेपाल फाइनान्स, बेष्ट फाइनान्स, सेन्ट्रल फाइनान्स र कालिका लघुवित्त रहेका छन् ।

610125adb5324.jpg

सर्वाधिक मूल्य घट्ने १० कम्पनी :

बुधबार सर्वाधिक मूल्य घट्ने १० कम्पनीहरूमा क्रमश पञ्चकन्या माइ हाइड्रोपावर, सिंगटी इनर्जी, ग्रीन लाइफ हाइड्रोपावर, पाँचथर पावर, रसुवागढी हाइड्रोपावर, हिमालयन उर्जा, दिव्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावर, युनियन हाइड्रोपावर र अरूण काबेली पावर रहेका छन् ।

610125b3c1fd1.jpg

याे पनि :

कुन कम्पनीका सेयरमा लगानीकर्ताको आकर्षण? अब के होला? Forecast : Shrawan 10-14 | Share Tech Funda

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको