Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से दोहोरो अंकले घट्यो, "नाफा बुक गर्दा आएको सामान्य करेक्सन मात्र हाे"

नेप्से

विहीबार, १४ साउन २०७८, १४ : ५२ मा प्रकाशित

नेप्से दोहोरो अंकले घट्यो, "नाफा बुक गर्दा आएको सामान्य करेक्सन मात्र हाे"

हिजाे (बुधबार) नयाँ रेकर्ड बनाएकाे सेयर बजारमा आज (बिहीबार) भने दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । बुधबार नेप्से परिसूचक ३०९४.९४ पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । 

नाफा बुक गर्दा सामान्य करेक्सन आएको लगानीकर्ता कमल पन्थलीले बताएका छन् । उनी भन्छन्, "माैद्रिक नीतिकाे तयारी भइरहेकाे छ । माैद्रिक नीति पनि पुँजी बजारमैत्री नै आउने संकेत देखिएकाे छ । सूचीकृत कम्पनीहरूले वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन् । यी सबै कुराहरू हेर्दा साउन मसान्तसम्म सेयर बजारले अझ राम्राे लय लिन्छ।"

घट्नु र बढ्नु सेयर बजारकाे सामान्य गति हाे । सेयर बजार आफ्नै गतिमा चलिरहन्छ । लगानीकर्ताहरूले राम्राे कम्पनी छनाेट गरी लगानी गर्नुपर्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १५.११ अंकले घटेर ३०७९.८३ विन्दुमा पुगेकाे छ । नेप्से ०.४९ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक ३.४७ अंकले घटेर ५७०.८५ विन्दुमा झरेकाे छ ।

कूल २१७ वटा कम्पनीकाे २ कराेड ६० लाख ४० हजार कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ९० करोड ५८ लाख ३० हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

610278ca342d9.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

610278d77320a.jpg

त्यसैगरी, बिहीबार काराेबारमा गुडविल फाइनान्स कम्पनी अब्बल छ । सर्वाधिक मूल्य घट्नेमा पनि गुडविल फाइनान्स नै अगाडि छ । सर्वाधिक नाफा कमाउने पहिलाे नम्बरमा रिडी हाइड्राेपावर छ ।

बिहीबार सर्वाधिक काराेबार हुने १० कम्पनीहरूमा क्रमश : गुडविल फाइनान्स, हिमालयन डिष्टीलरी, युनाइटेड इदी मर्दी, हिमालयन जनरल इन्स्याेरेन्स, रिडी हाइड्राेपावर, नेशनल हाइड्राेपावर, अपि पावर, ङादी ग्रुप पावर, सानिमा माइ हाइड्राेपावर र युनिभर्सल पावर रहेका छन् ।

610278f0835f2.jpg

बिहीबार सर्वाधिक नाफा कमाउने १० कम्पनीहरूमा क्रमश : रिडी हाइड्राेपावर, जीवन विकास लघुवित्त, सप्तकाेशी डेभलपमेन्ट बैंक, युनाइडेड इदी मर्दी, चन्द्रागिरी हिल्स, ग्रीन डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, नेपाल हाइड्राे डेभलपर्स, बरूण हाइड्राेपावर र सिन्धु विकास बैंक रहेका छन् ।

610278f8321d2.jpg

बिहीबार सर्वाधिक मूल्य घट्ने १० कम्पनीहरूमा क्रमश : गुडविल फाइनान्स, माउन्टेन हाइड्राे, जानकी फाइनान्स, राष्ट्रिय बीमा कम्पनी संस्थापक सेयर, एभरेष्ट इन्स्याेरेन्स कम्पनी संस्थापक सेयर, जाेशी हाइड्राेपावर, एचआइडिसीएल, श्री इन्भेष्टमेन्ट फाइनान्स, लक्ष्मी उन्नती काेष र सेन्ट्रल फाइनान्स रहेका छन् ।

61027902363b9.jpg

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको