Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोत्तम प्रकरणः धितोपत्र बोर्डपछि नेप्सेसंग पनि सोध्यो अर्थमन्त्रालयले स्पष्टीकरण

अर्थ संसार

शुक्रबार, १५ साउन २०७८, ०६ : ४० मा प्रकाशित

सर्वोत्तम प्रकरणः धितोपत्र बोर्डपछि नेप्सेसंग पनि सोध्यो अर्थमन्त्रालयले स्पष्टीकरण

नेपाल धितोपत्र बोर्ड पछि अर्थमन्त्रालयले नेपाल स्टक एक्चेन्ज (नेप्से) सँग पनि स्पष्टीकरण सोधेको छ । 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सिईओ) चन्द्रसिंह साउदले आफ्नी श्रीमतिको नाममा सर्बोत्तम सिमेन्टको १० हजार कित्ता सेयर खरिद गरेको सम्बन्धमा सत्यतथ्य के हो भनि तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएको हो ।

अर्थमन्त्रालले सोधेको स्पष्टीकरणमा भनिएको छ  ‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको त्यहाँ नेप्सेसग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य र यर्थाथ के हो ? सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र उपलब्ध गराइ दिनु हुन आदेश अनुसार अनुरोध गरिन्छ,’ भनि उल्लेख गरिएको छ ।

यस अघि नै अर्थमन्त्रालयले धितोपत्र बजारको नियामक संस्था नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले बुक बिल्डिङ विधिमार्फत धितोपत्र निष्कासनको तयारी गरिरहेको सर्वोत्तम सिमेन्टको कम्तीमा ११ हजार ९९२ कित्ता शेयर छोरीको नाममा राखेको भेटिएको समाचार सार्बजनिक भएपछि बोर्डलाई स्पष्टिकरण सोधेको थियो । 

अर्थ मन्त्रालयले विभिन्न संचारमाध्यममा प्रकाशित भएका बोर्डसँग  सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जनाउँदै संचार माध्यममा आएका ती बिषयबस्तुको सम्बन्धमा तथ्य यथार्थता के हो, सोको यथार्थ तथ्यपरक विवरण तीन दिनभित्र बुझाउन भनेको छ । 

बोर्डका अध्यक्ष ढुंगानाले र नेप्सेका सिईओ चन्द्र सिं साँवदले धितोपत्र निष्कासनका लागि तयारी गरिरहेको कम्पनीको शेयर प्राथमिक निष्कासन हुनु अगावै व्यक्तिगत प्रभावका आधारमा ढुंगानाले विदेशमा बसोबास गरिरहेकी छोरीको नाममा किनेको र साँवदले श्रीमतीका नाममा सेयर किनेको भेटिएको समाचार हिमाल खबरले प्रकाशन गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको