Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेको ऐतिहासिक साता : लगानीकर्ताले १ खर्ब भन्दा धेरै कमाए, अब बजार कता ?

नेप्से

शनिबार, १६ साउन २०७८, १० : २७ मा प्रकाशित

नेप्सेको ऐतिहासिक साता : लगानीकर्ताले १ खर्ब भन्दा धेरै कमाए, अब बजार कता ?

याे साता सेयर बजारकाे ऐतिहासिक साता हाे । सेयर बजारले याे साता अर्को नयाँ उचाई कायम गरेको छ । इन्ट्रा डे काराेबारमा सेयर बजार ३१ सय माथि पुग्न सफल भएकाे हाे । बुधबार सेयर बजार ३०९४.९४ विन्दुमा पुगी बन्द भयाे । याे विन्दु बन्द हुँदाकाे हालसम्मकै उच्च विन्दु हाे । इन्ट्रा डे काराेबारमा भने नेप्से परिसूचक ३११३.५९ विन्दुसम्म पुगीसकेकाे छ ।

सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू उत्साहित छन् । लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ । जुन कुरा हरेक दिन बढ्दाे काराेबार रकमले पुष्टि गर्दछ । 

अब माैद्रिक नीति पनि सार्वजनिक हुने बेला भएकाे छ । याे वर्षकाे माैद्रक नीति बजारमैत्री आउने विश्वास गरिएकाे छ । सूचीकृत कम्पनीहरूले चाैथाे त्रैमासकाे वित्तीय विवरण पनि धमाधम सार्वजनिक गरिरहेका छन् । अब फेरि सूचीकृत कम्पनीहरूले लाभांश घाेषणा गर्ने बेला आएकाे छ । अहिले सेयर बजारकाे सिजन हाे । साउन मसान्तसम्म सेयर बजारले नयाँ गती लिने विश्लेषकहरूले तर्क गरेका छन् ।

लगानीकर्ताहरूले सधैँभरी राम्रा कम्पनीहरू छनाेट गरेर लगानी गर्नुपर्दछ । लगानी गर्नुअघि आफूले लगानी गर्ने कम्पनीकाे बारेमा राम्ररी अनुसन्धान गर्नुपर्दछ । अनि आफूभन्दा विज्ञहरूसँग सरसल्लाह गरी सुझाव लिएर लगानी गर्नु उपयुक्त हुन्छ ।

यस साता नेप्से परिसूचक ७५.५२ अंकले बढेर ३०७९.८३ विन्दुमा रोकिएको छ । गत साता नेप्से परिसूचक ३००४.३१ विन्दुमा रोकिएको थियो । 

यस साता सेन्सेटिभ परिसूचक पनि ८.६१ अंकले बढेर ५७०.८५ विन्दुमा रोकिएको छ । गत साता सेन्सेटिभ परिसूचक ५६२.२४ विन्दुमा रोकिएको थियो । 

नेप्से परिसूचकसँगसँगै कारोबार रकममा पनि वृद्धी भएको छ । यस साता औसतमा दैनिक १३ अर्ब ५५ कराेड भन्दा माथीको कारोबार भएको छ । याे साता धेरैमा १५ अर्ब १७ कराेड र थाेरैमा १० अर्ब ९१ कराेडकाे काराेबार भयाे ।

बजार पुँजीकरणको कुरा गर्नुपर्दा नेप्से परिसूचकले नयाँ रेकर्ड बनाउँदा बजार पुँजीकरण पनि हालसम्मकै उच्च भएकाे छ । याे साता बजार पुँजीकरण ४३ खर्ब ५ अर्ब २२ करोड ५० हजारसम्म पुग्याे । बुधबार बजार पूँजीकरणले ऐतिहासिक रेकर्ड कायम गरेको हाे ।

गत साताकाे अन्तिम दिन ४१ खर्ब ७९ अर्ब रहेकाे बजार पुँजीकरण यस साताकाे अन्तिम दिनसम्म आइपुग्दा १ खर्ब ५ अर्बले बढेर ४२ अर्ब ८४ अर्ब पुगेकाे छ ।

 गत सातादेखि कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा निबल बैंक लिमिटेडकाे रहेकाे छ । यसअघि नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक पूँजीकरण रहेको थियो ।

यस साता कारोबार भएका अधिकांश सूचीकृत समूहमा वृद्धि भएपनि २ वटा समूहको सूचक भने घटेको छ । यस साता घट्ने समूहहरूमा बैंक र म्युचुअल फण्ड रहेका छन् ।

यस साता सबैभन्दा धेरै नाफा कमाउनेको सूचीमा रिडी हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै कमाउने दोश्रो र तेश्रोमा क्रमश नेपाल हाइड्रो डेभलपर्स कम्पनी लिमिटेड र ङादी ग्रुप पावर कम्पनी लिमिटेडका लगानीकर्ता रहेका छन् ।

यस साता सबैभन्दा धेरै गुमाउनेमा सिटिजन्स म्युचुअल फन्ड–२ का लगानीकर्ता रहेका छन् । त्यस पश्चात् धेरै गुमाउने दोश्रो र तेश्रोमा क्रमश एनआइसी एसिया ग्रोथ फन्ड र सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ता रहेका छन् ।

धिताेपत्रकाे दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा यस साता विभिन्न ३ वटा कम्पनीकाे सेयर सूचिकृत भएको छ । स्टकका अनुसार २ कम्पनीकाे बाेनस सेयर र एक कम्पनीकाे साधारण सेयर (आईपीओ) यस साता नेप्सेमा सूचीकृत भएकाे हाे । आइएमई जनरल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ७ प्रतिशत बाेनस बापतकाे ७ लाख ५७ हजार ५ सय कित्ता सेयर, नेपाल हाइड्राे डेभलपर्स लिमिटेडकाे १५ प्रतिशत बाेनस बापतकाे ३ लाख ९० हजार कित्ता सेयर र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ६० लाख ८४ हजार एक सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हाे । 

अबको साता सेयर बजार कता ?

पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ताहरु थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । नयाँ लगानीकर्ताहरुलाई बजारमा कुन सेयरमा लगानी गर्ने, आफूसँग भएका कुन-कुन सेयर बिक्री गर्ने जस्ता निर्णय लिन निकै गाह्रो पर्छ । यही समस्या समाधान गर्न हरेक साताको अन्त्यमा आगामी साता बजार कता जाला, कस्ता सेयरहरु किन्ने, कस्ता सेयरहरु बेच्ने भनेर जानकारी दिन अर्थ संसारले नयाँ शो "सेयर टेक फण्डा" सुरु गरेकाे त हाम्रा सम्पूर्ण पाठकहरूलाई यथावत नै छ ।

सेयर टेक फण्डामा लामो समयदेखि सेयर बजारको प्राविधिक विश्लेषण गर्दै आएका बिमल तिवारीले सेयर बजारको साप्ताहिक समीक्षा गर्नेछन् । उनी लगानीकर्ताहरुको लगानी व्यवस्थापन गर्दै आएको प्रोभिडेन्ट मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । 

तलकाे भिडीयाेमा उनले यस साताकाे सेयर समीक्षा गर्दै आगामी साता सेयर बजार कता जाला भनेर पूर्वानुमान गरेका छन् :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको