Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा युनियन लाइफको आईपीओ सूचिकृत, कतिमा खुल्ला पहिलाे काराेबार ?

नेप्से

आइतबार, १७ साउन २०७८, १४ : ३४ मा प्रकाशित

नेप्सेमा युनियन लाइफको आईपीओ सूचिकृत, कतिमा खुल्ला पहिलाे काराेबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (आइतबार) युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे पनि साधारण सेयर (आईपीओ) सूचीकृत भएकाे छ ।

स्टकका अनुसार कम्पनीकाे २ कराेड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि ULI सिम्बाेल पाएकाे छ । अब भाेलि साेमबारबाट काराेबार सुरू हुनेछ ।

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको थियाे । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

610661458745f.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको