Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा आजदेखि २ नयाँ कम्पनीको कारोबार खुल्दै

नेप्से

सोमबार, १८ साउन २०७८, ०६ : १८ मा प्रकाशित

नेप्सेमा आजदेखि २ नयाँ कम्पनीको कारोबार खुल्दै

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज (साउन १८ गते, साेमबार) बाट २ नयाँ कम्पनीकाे काराेबार खुल्दैछ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे काराेबार आज (साउन १८ गते, साेमबार) बाट खुल्ने भएकाे हाे । यी दुवै कम्पनीकाे साधारण सेयर (आईपीओ) हिजाे नेप्सेमा सूचीकृत भएकाे थियाे ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १२ लाख ११ हजार ५ सय कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११० रुपैयाँ ८४ पैसादेखि अधिकतम ३३२ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि MKLB सिम्बाेल पाएकाे छ । 

संस्थाले असार १७ गते बिहीबारदेखि असार २१ गते साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

त्यसैगरी, युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे २ कराेड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएकाे हाे । नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ । कम्पनीले दाेश्राे बजारमा काराेबारका लागि ULI सिम्बाेल पाएकाे छ ।

कम्पनीले असार २४ गते, बिहीबारबाट असार २८ गते, साेमबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कम्पनीका कर्मचारीहरुलाई सुरक्षित गरिएको थियाे । ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको