Like us!
Follow us!
Connect us!
Watch us!

आत्मनिर्भर लघुवित्तले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

मंगलबार, १९ साउन २०७८, १३ : ३७ मा प्रकाशित

आत्मनिर्भर लघुवित्तले आईपीओ निष्कासन गर्ने

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न बिक्री प्रबन्धक नियुक्त गरेकाे छ ।

कम्पनीले १ कराेड ८० लाख रूपैयाँ बराबरकाे १ लाख ८० हजार कित्ता आईपीओ गर्न निष्कासन सनराइज क्यापिटल लिमिटेड कमलपोखरी, काठमाडौँलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेकाे हाे । 

उक्त सम्झाैतमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सौगात बीर चौधरी तथा सनराइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच द्धिपक्षीय हस्ताक्षर भएकाे छ ।

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडकाे रजिष्ट्रार कार्यालय घोराही, दाङमा रहेकाे छ ।

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको