Like us!
Follow us!
Connect us!
Watch us!

युनियन लाइफसहित ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

बुधबार, २० साउन २०७८, १२ : ०७ मा प्रकाशित

युनियन लाइफसहित ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

आज (बुधबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार युनियन लाइफ इन्स्याेरेन्स  कम्पनी लिमिटेड, अपर तामाकाेशी र कालिका पावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ३८ रूपैयाँ ९० पैसा पुगेकाे छ । अपर तामाकाेशीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ६१ रूपैयाँ २० पैसा पुगेकाे छ । त्यस्तै, कालिका पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय ४८ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, पाँचथर पावर कम्पनी लिमिटेडकाे काराेबार पनि सकारात्मक सर्किट लेभलमा भइरहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.७० प्रतिशतले बढेर ५ सय ४३ रूपैयाँ पुगेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक १७.२० अंकले बढेर ३१२८.२९ विन्दुमा पुगेकाे छ ।

610a33d22b679.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको