Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा १०४.८३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

विहीबार, २१ साउन २०७८, ०६ : ०८ मा प्रकाशित

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा १०४.८३ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चाैथाे त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंककाे खुद नाफा बढ्दा खुद व्याज आम्दानी घटेकाे छ ।

गत आर्थिक वर्षको चाैथाे त्रैमाससम्म आइपुग्दा बैंकले ६ करोड १९ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा १०४.८३ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ३ करोड २ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो ।

बैंकको वितरणयोग्य नाफा पनि १ करोड ३० लाख रुपैयाँबाट बढेर ७ करोड ४४ लाख रुपैयाँ पुगेको छ । 

चाैथाे त्रैमाससम्म आइपुग्दा बैंकले २१ करोड ७२ लाख ७० हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा २.१६ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले २२ करोड २० लाख ६८ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियाे ।

हालसम्म बैंककाे सञ्चालन नाफा ११२.३२ प्रतिशतले बढेर ८ कराेड ८५ लाख ६१ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन नाफा ४ कराेड १७ लाख ११ हजार रूपैयाँ रहेकाे थियाे ।

यसैगरी, असार मसान्तसम्म बैंकले ४ अर्ब ५१ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९९ कराेड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

त्यस्तै, बैंककाे चुक्ता पूँजी ८३ करोड ४३ लाख ३८ हजार रुपैयाँ पुगेकाे छ । बैंककाे जगेडा कोषमा ९ करोड ८० लाख रुपैयाँ सञ्चित छ । बैंककाे प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ ६७ पैसा पुगेकाे छ । बैंककाे प्रतिसेयर आम्दानी ७ रुपैयाँ ४२ पैसा रहेकाे छ । बैंकको पीई रेसियो ४९.१७ गुणा रहेको छ ।

बैंकले सार्वजनिक गरेकाे चाैथाे त्रैमासको वित्तीय विवरण यस प्रकारकाे छ :

610b31e913fce.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको