Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी डेभलपमेन्ट बैंक अनियमितता प्रकरण : थप दुई कर्मचारी निलम्बित

अर्थ संसार

बुधबार, १४ पुस २०७८, १६ : ५६ मा प्रकाशित

सप्तकोशी डेभलपमेन्ट बैंक अनियमितता प्रकरण : थप दुई कर्मचारी निलम्बित

सप्तकोशी डेभलपमेन्ट बैंक विराटनगरको कर्पोरेट कार्यालयमा १६ करोड रुपैयाँ हिनामिना गरेको घटनामा थप दुई जना कर्मचारी निलम्बित भएका छन् । अनियमितताको घटनामा संलग्न रहेको आशंका गर्दै बैंकले थप दुई कर्मचारीलाई निलम्बन गरेको बैंकका एक कर्मचारीले बताए ।

बैंकले निलम्बनमा परेका कर्मचारीको नाम भने गोप्य राखेको छ । अनियमितताको घटनामा एक कर्मचारी यसअघि नै पक्राउ परिसकेका छन् । बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराईलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

बैंककै एक कर्मचारीले आर्थिक हिनामिना भइरहेको गोप्य उजुरी गरेपछि राष्ट्र बैंकले आर्थिक हिनामिनाको विषयमा पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङ, सीआईबी र नेपाल राष्ट्र बैंकको टोलीले छुट्टाछुट्टै अनुसन्धान गरिरहेको छ । भट्टराईलाई मंसिर १९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाल राष्ट्र बैंकको विकास बैंक सुपरिवेक्षण विभाग र सीआईबीले पनि बैंकमा भएको आर्थिक हिनामिनाको अनुसन्धान गरिरहेको छ । पक्राउ परेका भट्टराई २०७१ सालदेखि बैंकको रेमिट्यान्सतर्फ जीएसडी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका थिए । प्रमुख भट्टराई बैंकका सीईओ नवीन सुवेदीका फुपुका छोरा समेत हुनु । सीयओ सुवेदीलाई भने बैकले कुनै कारबाही गरेको छैन । 

 सप्तकोसी डेभलपमेन्ट बैंकमा हिनामिना भएको १५ करोड ७० लाख रुपैयाँ बैंककै प्रमुख कार्यकारी अधिकृतका आफन्तको नाममा जम्मा भएको भनी एक कर्मचारीले नेपाल राष्ट्र बैंकमा उजुरी दिएका थिए । बेनामी उजुरी दर्ता भएपछि नेपाल राष्ट्र बैंकले छानबिन थालेको थियो । 

नक्कली खाता बनाएर हिनामिना गरेको खुलेको बैंकका अध्यक्ष अर्जुन बरालले बताए । अन्य केही कर्मचारीहरूको पनि संलग्नता हुन सक्ने उनको अनुमान रहेको छ । 

बैंकमा आर्थिक अनियमितता भएको विषय बाहिरिएपछि सञ्चालक समितिले बैंकका तत्कालीन अध्यक्ष तारानाथ निरौलालाई समेत हटाएको थियो । मंसिर १ गतेदेखि सञ्चालक बराललाई अध्यक्षको जिम्मेवारी दिइएको थियो । 

नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजत प्राप्त सप्तकोशी बैंकको केन्द्रीय कार्यालय धनकुटामा छ । बैंकका १ नम्बर प्रदेशमा ३६ वटा शाखा छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको