Like us!
Follow us!
Connect us!
Watch us!

दोस्रो बजारमा आइतबारदेखि दुई कम्पनीका समायोजित मूल्यमा कारोबार हुने

अर्थ संसार

शुक्रबार, २१ मंसिर २०८१, ०७ : ५३ मा प्रकाशित

दोस्रो बजारमा आइतबारदेखि दुई कम्पनीका समायोजित मूल्यमा कारोबार हुने

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीका सेयरमूल्य समायोजन गरिएका छन्। नेप्सेले एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस सेयर समायोजन गरेपछि यी कम्पनीका सेयर मूल्य नयाँ स्तरमा कायम भएका छन्।

एनआरएनको ५ प्रतिशत बोनस सेयर समायोजनपछि यसको मूल्य १,०६१ रुपैयाँ ९० पैसा निर्धारण भएको छ। यसअघि बिहीबार, यस कम्पनीको अन्तिम कारोबार मूल्य १,१५० रुपैयाँ थियो। यस्तै, फर्स्ट माइक्रोफाइनान्सको ९ प्रतिशत बोनस सेयर समायोजनपछि यसको मूल्य ७३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ। यस कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य ७९७ रुपैयाँ थियो।

समायोजित मूल्यका आधारमा आगामी आइतबार यी कम्पनीका सेयर दोस्रो बजारमा कारोबारका लागि खुल्नेछन्।

एनआरएनको बोनस र हकप्रद प्रस्ताव

एनआरएन इन्फ्रास्ट्रक्चरले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरिसकेको छ। बोनस वितरणपछि कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद सेयर निष्काशनको प्रस्ताव पनि आगामी १२ औं वार्षिक साधारण सभामा पेस गर्ने तयारी गरेको छ। यो सभा पुस १२ गते शुक्रबार बिहान ९ बजे, थिरबमस्थित आम्रपाली ब्याङ्क्वेटमा आयोजना हुनेछ।

फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा

फर्स्ट माइक्रोफाइनान्सले पुस ११ गते बिहीबार बिहान १० बजे, भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा पन्ध्रौँ वार्षिक साधारण सभा आयोजना गर्दैछ। सभामा ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित हुनेछ।

यस अतिरिक्त, सभाले कम्पनीको पूँजी वृद्धि, प्रबन्धपत्र र नियमावली संशोधन, मर्जर तथा एक्विजिशनका कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, र सर्वसाधारण शेयरधनीका तर्फबाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने जस्ता विषयमा पनि निर्णय गर्नेछ।

यी दुबै कम्पनीका सेयरधनीहरूले साधारण सभामा उठाइने प्रस्तावहरूप्रति चासो राखेका छन्, जसले कम्पनीहरूको भावी रणनीति र लगानीकर्ताको विश्वासलाई प्रभावित गर्ने अपेक्षा गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको