Like us!
Follow us!
Connect us!
Watch us!

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर लिलामीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

अर्थ संसार

आइतबार, १७ चैत्र २०८१, ०७ : ४५ मा प्रकाशित

सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर लिलामीमा, सर्वसाधारणले पनि आवेदन दिन सक्ने

सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले ४० हजार कित्ता संस्थापक सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ। यस सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।

बैंकले तोकेको न्यूनतम मूल्य प्रतिकित्ता २५० रुपैयाँ रहेको छ। इच्छुक लगानीकर्ताले कम्तीमा १०० कित्ता तथा १० को गुणाङ्कमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बोलपत्र बुझाउने अन्तिम मिति चैत २६ गते रहेको छ। आवेदन आज (चैत १७) देखि नै खुला गरिएको छ। इच्छुक खरिदकर्ताले गोप्य शिलबन्दी बोलपत्र सिटिजन्स क्यापिटल लिमिटेड, डिल्लीबजार, काठमाडौंको कार्यालयमा बुझाउन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको