Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, एक कम्पनीकाे काराेबार सर्किट लेभलमा

नेप्से

विहीबार, २१ साउन २०७८, १३ : ४१ मा प्रकाशित

२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, एक कम्पनीकाे काराेबार सर्किट लेभलमा

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बिहीबार नेपाल फाइनान्स कम्पनी लिमिटेड र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय २० रूपैयाँ ५० पैसा पुगेकाे छ । त्यस्तै,  कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ४७ रूपैयाँ ७० पैसा पुगेकाे छ ।

त्यसैगरी, युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार पनि सकारात्मक सर्किट लेभलमा भइरहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ४ सय ८२ रूपैयाँ ७० पैसा पुगेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ३.७५ अंकले घटेर ३११९.७० विन्दुमा पुगेकाे छ ।

610b9b8225f28.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको