Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीति आउने मिति सर्दा नेप्सेमा गिरावट, विकास बैंकमा माेडिए लगानीकर्ता

नेप्से

विहीबार, २१ साउन २०७८, १४ : ५८ मा प्रकाशित

मौद्रिक नीति आउने मिति सर्दा नेप्सेमा गिरावट, विकास बैंकमा माेडिए लगानीकर्ता

हिजाे (बुधबार) नयाँ रेकर्ड बनाएकाे सेयर बजारमा आज (बिहीबार) भने दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । बुधबार नेप्से परिसूचक ३१२३.२४ पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न अझै ढिलाइ हुने संकेत गरेको छ । नयाँ सरकारको प्राथमिकता र प्रक्षेपणलाई हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा राष्ट्र बैंक लागेको हो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकार परिवर्तन भएकाले नयाँ सरकारको बजेटको आकार, प्राथमिकता र प्रक्षेपण हेरेर मात्रै चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने अवस्था रहेको बताएका छन् ।

त्यसैकाे असर पनि बजारमा देखिएकाे हाेकी भन्ने अनुमान लगाउन सकिन्छ । तर घट्नु र बढ्नु सेयर बजारकाे सामान्य गति हाे । सेयर बजार आफ्नै गतिमा चलिरहन्छ । लगानीकर्ताहरूले राम्राे कम्पनी छनाेट गरी लगानी गर्नुपर्छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक १६ अंकले घटेर ३१०७.४५ विन्दुमा पुगेकाे छ । नेप्से ०.५१ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक भने ०.६४ अंकले बढेर ५७९ विन्दुमा पुगेकाे छ ।

कूल २२६ वटा कम्पनीकाे २ कराेड ८८ लाख ४५ हजार ४ सय ३१ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९ सय ६५ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

May be an image of text that says 'Market Close As of 2021-08-05 15:00:00 Market Closed Share Volume 28,845,431 NEPSE 3,107.45 -16.00 -0.51% Market Summary Turnover 14,316,249,965 SENSITIVE 579.00 0.64 0.11% Total Turnover Rs: Total Traded Shares Total Transactions Total Scrips Traded 14,316,249,965 28,845,431 135,042 226'

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये २ वटा उपसमूहकाे अर्थात् बैंक र विकास बैंककाे सेयर बढेकाे छ भने बाँकी ११ वटा उपसमूहकाे सेयर घटेकाे छ । बिहीबारकाे बजार हेर्दा लगानीकर्ताहरू विकास बैंक तर्फ माेडिएकाे देखिन्छ । सबै उपसमूह घट्दा बैंक र विकास बैंककाे सेयर मात्र बढेकाे छ । विकास बैंक उपसमूह १०८.६९ अंकले बढेकाे छ । 

610bb352bff3c.jpg

त्यसैगरी, बिहीबार ३ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । नेपाल फाइनान्स कम्पनी लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । नेपाल फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय २० रूपैयाँ ५० पैसा पुगेकाे छ । जीवन विकास लघुवित्त् वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ५ सय ६ रूपैयाँ २० पैसा पुगेकाे छ । त्यस्तै,  कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय ४७ रूपैयाँ ७० पैसा पुगेकाे छ ।

यसका साथै, युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे काराेबार पनि सकारात्मक सर्किट लेभलमा भएकाे छ । 

610bb35f0c568.jpg

बिहीबार कारोबारमा अपर तामाकोशी अब्बल छ । कम्पनीको ६४ करोड ६५ लाख ८७ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । यसपश्चात् अपि पावर, अरूण भ्याली हाइड्रोपावर, अरूण काबेली लगायतको सर्वाधिक कारोबार भएको छ ।

610bb3596790b.jpg

बिहीबार युनिभर्सल पावर, बरूण हाइड्राेपावर, रिडी हाइड्राेपावर, शिव श्री हाइड्राेपावर, युनाइटेड माेदी हाइड्राेपावरका लगानीकर्ताहरूले सर्वाधिक नाफा गुमाएका छन् ।

610bb366f2197.jpg

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको