Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेप्से

शुक्रबार, २२ साउन २०७८, १० : ५४ मा प्रकाशित

नेप्सेमा ५ कम्पनीकाे बाेनस सूचिकृत, कुनकाे कति कित्ता ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) विभिन्न ५ वटा कम्पनीकाे सेयर सूचिकृत भएकाे छ । स्टकका अनुसार ५ वटै कम्पनीकाे बाेनस सेयर नेप्सेमा सूचिकृत भएकाे हाे ।

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ३ लाख ६८ हजार कित्ता सेयर सूचिकृत भएको हाे ।

यसैगरी, फरवार्ड माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे २५ प्रतिशत बाेनस बापतकाे १२ लाख ५१ हजार ३८ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हाे ।

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १२ प्रतिशत बाेनस बापतकाे एक लाख ४६ हजार ८९ दशमलव १ कित्ता सेयर सूचिकृत भएको हाे ।

त्यसैगरी, रिलायन्स फाइनान्स कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे ८ लाख ३२ हजार ४ सय १६ दशमलव ०६ कित्ता सेयर सूचिकृत भएको हाे ।

प्रुडेन्सियल इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे ८ प्रतिशत बाेनस बापतकाे ८ लाख २१ हजार एक सय ४५ दशमलव ६० कित्ता सेयर सूचिकृत भएको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको