Like us!
Follow us!
Connect us!
Watch us!

सबैजसो सरकारी कम्पनीहरु घाटामा जाने अनि बैंकिङ क्षेत्र नाफामा जाने कसरी भयो ?

अर्थ संसार

शनिबार, २३ साउन २०७८, १२ : ०४ मा प्रकाशित

सबैजसो सरकारी कम्पनीहरु घाटामा जाने अनि बैंकिङ क्षेत्र नाफामा जाने कसरी भयो ?

बैंकर मनोज ज्ञवालीले सामाजिक सञ्जालमा बैंक तथा वित्तीय संस्था पारदर्शीता भएकोमा शुक्रबार अर्थसमितिमा चलेको छलफललाई सामाजिक सञ्जालमार्फत व्यंग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा सरकारी संस्थान र कम्पनीहरु सबैजसो घाटामा गएको तर बैंकिङ क्षेत्र सबै नाफामा गएको कुरालाई व्यंग्यात्मक शैलीमा स्ट्याटस लेखेका हुन् ।

उनी लेख्छन्, "सरकारी संस्थान सबैजसो घाटामा जाने, सरकारी कम्पनीहरू सबैजसो घाटामा जाने तर बैंकिङ सबै नाफामा जाने कसरी भयो ? हुँदा हुँदा अब त डुब्छन् भनेर IMF को सहयोग समेत लिनुपरेका र नेटवर्थ नै नकारात्मक हुन लागेका सरकारी बैंक समेत अरबौं नाफामा जान थाले बाबा । यो त झन् हुँदै भएन। रातदिन मेहनत गर्ने कर्मचारी, संस्थाको प्रगतिको लागी रणनीति लिने संचालक समिति, 'संस्थाको हित पहिले'  सोचको साथ काम गर्ने पद्दती, न दुई नम्बरी धन्दा न त दुई चार प्रकारका खाता बनाउने अनि पारदर्शी वित्तीय विवरण जारी गर्ने व्यवस्था, पूँजी कोष नै अर्बौं लगाउदा नाफा केहि अर्ब हुने ? नेपाल राष्ट्र बैंक जस्तो नियामकले गर्ने निरन्तर अनुगमनले गर्दा बैंकहरु घाटामा गएको देखिदैनन् भन्ने 'लजीक' मात्र लगाएर हुन्छ? 

सर्टिफिकेटको आधारमा पैसा बाडौं, कार्यकर्ताहरूलाई बाड्न लगाऔं, start up मा लगानीको जोखिम पनी यसै बैंकिङलाई दिऊ, सरकारी पहल किन गर्ने ? राजनीति लथालिङ्ग, देश लथालिङ्ग, सरकारी संस्थानहरु अपवाद बाहेक लथालिङ्ग हुदा अरबौ नाफा देखाउने बैंकिङलाई तह लाउनै पर्छ । पहिला कुनै कुनै बैंक तथा वित्तीय संस्था समस्याग्रस्त हुन्थे या डुब्थे त कसैले 100% सम्म लाभांश दिन्थे। अहिले त सबै एकनासले प्रगति गर्छन बा- सबलाई ठिक पारौं । मेहनत गर्ने ?  घुस बेइमानी गर्न फिटिक्क छैन पारदर्शी वित्तीय विवरण छाप्ने ? यो राष्ट्र बैंकको नियमन र अनुगमन नि कति प्रभावकारी बनाको भन्या - दुईचार संस्था यसो बिग्रिन दिनु पर्दैन ?  सबै तिर लथालिङ्ग हुँदा नि एकनासले 'राम्रो' गर्ने। 'बकुल्लाहरूको बथानमा हाँस झै नमिल्ने' यीनलाई ठिक पार्नुपर्छ। ...खै के अध्ययन रै छ अनी कस्तो सोच रैछ.. कुन शिर्षकको नाटक मञ्चन हुँदै रैछ..नेपथ्यमा रिहर्सल चलिरहेको छ सायद ..आवाज हल्का हल्का यस्तै  सुनिन्छ।
जय होस, शुभ होस!!"

610e26a1e36b0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको