नबिल बैंकका नायब महाप्रबन्धक मनोज ज्ञवालीको फेसबुकबाट साभार
आर्थिक बर्ष २०७९/८० का पहिला पाँच महिना :
गत आर्थिक बर्षको पहिलो पाँच महिना सम्मको आर्थिक सूचकहरु भन्दा यस बर्ष को पहिलो पाँच महिनाको केहि सूचकहरुमा राम्रो सुधार देखिन्छ।
सुधारका तथ्याङ्कहरु:
१. निक्षेप वृद्दिदरमा सुधार हुदै २.२ % पुगेको छ। बैकिङ्गको कर्जा निक्षेप अनुपात (CD Ratio) ९०. % बाट सुधार भएर ८६.५% भन्दा तल पुगेको छ। यसरी बजारमा हाराहारी रु. १८० अरब कर्जा योग्य रकम रहेको छ।
२. विप्रेषण आप्रवाह (Inward Remittance) यस बर्ष २३% ले बढेको छ, गत बर्ष ६.८% ले घटेको थियो। अमेरिकी डलर मै गणना गर्दा पनि यस बर्ष १३.१% ले बढेको छ। पाँच महिनासम्म मा रु.४८०. ५ अरब विप्रेषण प्राप्त भइसकेको छ।
३. कुल बस्तु व्यापार घाटा १८.८% ले घटेको छ गत बर्ष ५४.७% ले व्यापार घाटा बढेको थियो। यस बर्ष सोनान्तर स्थिति रु ४५.८७ अरबले बचतमा छ। गत बर्ष रु १९५.०१ अरब ले घाटामा थियो।
४.विदेशी मुद्रा संचिति पर्याप्तता ६.५ महिना भन्दा तल आईसकेकोमा सुधार भएको छ। हाल विदेशी विनिमय संचिति ९.८२ अमेरिकी डलर बराबर छ। यसले ८.७ महिनाको वस्तु तथा सेवा को आयात धान्न सक्दछ। यो पर्याप्तता संकुचन भएको आयात को औषत लिएर गणना गरिएको हो। संचिति रकम गत बर्ष भन्दा बढेको छैन।
५.बैकिङ्ग को औषत निक्षेप लागत घट्ने क्रम शुरु भएको छ। यसले गर्दा पुराना कर्जाहरुमा बैशाख २०८० साल देखि अनि नयां कर्जाहरुमा तत्काल केहि ब्याजदर कमी हुने देखिन्छ।
६.तरलता स्थीती सहजता संगै अन्तर बैकिङ्ग व्याजदर घटेर ६% तल आएको छ। ब्याजदर घट्ने क्रम शुरु भैसकेको छ। यसले उधमीलाई सजता प्रदान गर्नेछ।
७ .चुनाव पछि सरकार गठन संगै शेयर बजारमा विस्तारै सुधार आउन लागेको देखिन्छ। लगानी सम्बन्धि सरकारको प्रष्ट धारणा र नियामकिय व्यबस्थामा आउन सक्ने प्रष्टताले विश्वास थपेको छ ।
विचार पुर्याउन पर्ने तथ्य र तथ्याङ्कहरु:
१. राजश्व संकलन र खर्चको स्थीती: रु.५७६ अरबको खर्च हुंदा , राजश्व संकलन मात्र रु.४०५ अरब भएको छ भने कुल आय संकलन रु.४५९अरब मात्र भएको छ। पुजीगत खर्च जम्मा १४ % भएको छ। राजश्व संकलन भन्दा चालु खर्च नै रु.५० अरबले बढि भैसकेको छ। राजश्व संकलन गत बर्षको अनुपातमा न्युन छ। आयातमा गरीएको कडाइ तथा रोक संगै व्यापार व्यवसाय मा छाएको मन्दिले गर्दा प्रत्यक्ष तथा अप्रत्यक्ष करमा ठूलो ह्रास आउने अवस्था छ।
2.बजारमा घट्दो माग, बढ्दो मुद्रास्फिती र बढ्दो ब्याजदरले गर्दा उधमी व्यवसायीहरू पलायन हुने अवस्था छ। बजारमा मुद्रास्फिति ७ % नाघेको छ, उधोग धन्दा हेरी २०% देखी ८०% सम्म बिक्रि रकममा ह्रास आएको छ भने बैकिङ्ग ले कर्जा दिने औषत व्याजदर नै १२ % नाघेको छ भने नयां कर्जाहरु १३ %-१५ % को हाराहारीमा प्राप्त हुने अवस्था छ। यसले गर्दा कर्जाको मागमा कमी हुन गई केहि तरलता अभावमा सहजता भएको छ तर व्यवसायीहरू को आर्थिक स्थिति बिग्रेर बन्द हुने स्थीतीमा छन। बैकिङ्ग को खराब कर्जा बढ्दो छ, बैकहरुलाई कर्जाको सांवा तथा व्याज समयमा असुल्न हम्मे हम्मे परेको छ। गत बर्षसम्म २४,००० नपुगेको कालोसूचीमा दर्ता हुने ग्राहक संख्या ३६,००० नाघीसक्यो।
३. घरजग्गा कारोबार ठप्प जस्तै हुदा अनी पुजी बजार सम्बन्धि नितीगत सोच अस्पष्ट हुदा यो क्षेत्रमा लगानी सम्बन्धित भइ पुजी पलायन भएको र जसले गर्दा पनी निक्षेप बृदिदर अपेक्षित नरहेको अनुमान छ। दैनिक कारोबार रु.२२ अरब नाघेको पुजीबजार संकुचन हुदै रु.१ अरब भन्दा तल रह्यो। पुजीबजारमा लगानीकर्ताले खरबौ रुपैया नोक्सानी व्यहोर्नुपर्यो। अब केही आशाका किरणहरु देखिदैछन र बजार बढ्दो इण्डेक्स संगै कारोवार रकम वढ्दो छ।
४.पर्यटन क्षेत्रमा सम्भावना पर्याप्त छन तर यसबाट व्यवसायी राज्य दुबैले फाइदा लान सकेको अवस्था छैन। कतिपय होटल व्यवसायीहरू पलायन हुनुपर्ने अवस्थामा छन। अटोमोवाईल व्यवसायीहरू साह्रै अप्ठ्यारोमा छन। यस्तै अन्य व्यवसायीहरूको अवस्था छ।
विश्व अर्थतन्त्रमा केहि सुधार, पेट्रोलियम पदार्थ को मुल्यमा ह्रास, नयां सरकार को अर्थतन्त्र प्रतिको चिन्ताको आभास जस्ता कुराहरूले केहि आशावादि बनाउदै लगेको देखिन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस