Like us!
Follow us!
Connect us!
Watch us!

एफपीओ करबारे बोल्दै मनोज ज्ञवालीले भने, ‘सुनको अण्डा दिने चरा मारे जस्तै नहोस सरकार’

अर्थ संसार

विहीबार, ३२ जेठ २०८०, १० : ५९ मा प्रकाशित

एफपीओ करबारे बोल्दै मनोज ज्ञवालीले भने, ‘सुनको अण्डा दिने चरा मारे जस्तै नहोस सरकार’

फर्दर पब्लिक अफरिङ (एफपिओ) बाट आएको प्रिमियममा कर लगाउने व्यवस्थाकाे बैंकर मनाेज ज्ञवालीले पनि विराेध गरेका छन् ।  सुनको अण्डा दिने चरा मारे जस्तै नहोस् सरकार भन्दै उनले सरकारलाई सतर्क गराएका छन् ।

बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल बीमक संघ र जीवन बीमक संघले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै एफपिओ बाट आएको प्रिमियममा कर लगाउने व्यवस्था स्वीकार्य नहुने बताएका थिए ।

ज्ञवालीले साेही विज्ञप्ति फेसबूकमा सेयर गर्दै त्यसकाे क्याप्सनमा लेखेका छन्, ‘सुनको अण्डा दिने चरा मारे जस्तै नहोस सरकार’ । 

पुँजी योगदानमा कर नलाग्ने अन्तर्राष्ट्रिय मान्यता अनुरुप नै एफपिओबाट प्राप्त हुने प्रिमियम तथा मर्जर तथा प्रप्तिबाट सिर्जना हुने ‘बार्गेन पर्चेज गेन’ लाई कुनै पनि कानुनी धरातलमा सम्बन्धित संस्थाको आम्दानी मानेर कर लगाउनु आय कर विपरीत हुने बैंक तथा वित्तीय संस्थासहितका संघ संगठनले बताइरहेका छन् । सबै संघ संगठनहरू यतिबेला याे व्यवस्थाकाे विराेधमा उत्रिएका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको