Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको खुद मुनाफामा छलाङ, अधिकांश सूचकमा चमक !

अर्थ संसार

आइतबार, २४ साउन २०७८, ०७ : ३६ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको खुद मुनाफामा छलाङ, अधिकांश सूचकमा चमक !

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चौथो त्रैमाससम्म संस्थाले राम्रो प्रगति गरेको देखिएको छ ।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १२ करोड ६० लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । उक्त नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १६५ प्रतिशत भन्दा बढिले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले ४ करोड ७४ लाख १८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले एक अर्ब २७ करोड ५० लाख २ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षको यसै अवधिको तुलनामा ७७.१९ प्रतिशत भन्दा बढिले धेरै हो । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाले १५ करोड ५१ लाख ९९ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

हालसम्म संस्थाको सञ्चालन नाफा पनि बढेर १८ करोड ६५ लाख ४८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यसै अवधिमा संस्थाको सञ्चालन नाफा ७ करोड ५२ लाख ६७ हजार रूपैयाँ रहेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पूँजी एक अर्ब २६ करोड ६ लाख ५० हजार रूपैयाँ छ । संस्थाको जगेडा कोषमा १६ करोड ५८ लाख ७९ हजार रुपैयाँ पुगेको छ । संस्थाको प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ६४ पैसा पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी ४८ रुपैयाँ ३७ पैसा बढेर ३२ रुपैयाँ ४६ पैसा पुगेको छ । संस्थाको मूल्य आम्दानी अनुपात ३७.०३ गुणा रहेको छ ।

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई १ः०.९८ को स्वाप रेसियोमा प्राप्त गर्न लागेको हो । जस अनुसार नेपाल एग्रोको १०० कित्ता सेयर हुनेले अब एक्विजिसनपछि इन्फिनिटीको नाममा ९८ कित्ता सेयर प्राप्त गर्नेछन् ।

राष्ट्र बैंकले साउन १५ गते, शुक्रबार यि दुई संस्थालाई मर्जर तथा प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको हो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको