Like us!
Follow us!
Connect us!
Watch us!

इन्फिनिटी लघुवित्तको नाफा १५ करोड, अन्य अवस्था कस्तो ?

अर्थ संसार

विहीबार, १९ साउन २०७९, ०७ : १३ मा प्रकाशित

इन्फिनिटी लघुवित्तको नाफा १५ करोड, अन्य अवस्था कस्तो ?

इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेड गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । समिक्षा अवधिमा संस्थाको मुनाफामा बृद्धि आएको छ ।  

उक्त विवरण अनुसार चालु आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा संस्थाले १५ करोड २ लाख खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १९.१४ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिमा संस्थाले १२ करोड ६० लाख ८६ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि २५.८१ प्रतिशतले बढेर ३४ करोड ५९ लाख ७७ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी २७ करोड ५० लाख २ हजार रूपैयाँ रहेको थियो ।

चौथो त्रैमाससम्म आइपुग्दा सस्थाको सञ्चालन मुनाफा १५.८४ प्रतिशतले बढेर २१ करोड ६० लाख ९७ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले १८ करोड ६५ लाख ४८ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

त्यस्तै, संस्थाको चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार रुपैयाँ र जगेडा कोषमा २४ करोड ५४ लाख ४१ हजार रुपैयाँ सञ्चित रहेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ २४ पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ २१ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको