साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आइतबार अपि पावर कम्पनी लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । अपि पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ७ रूपैयाँ २० पैसा पुगेकाे छ । त्यस्तै, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ६ सय ५६ रूपैयाँ ८० पैसा पुगेकाे छ ।
त्यसैगरी, ३ वटा कम्पनीकाे काराेबार सकारात्मक सर्किट लेभलमा भइरहेकाे छ । नेपाल फाइनान्स कम्पनी लिमिटेड, ङादी ग्रुप पावर र युनियन लाइफ इन्स्याेरेन्स कम्पनीकाे काराेबार सकारात्मक सर्किट लेभलमा भइरहेकाे हाे । यी ३ वटै कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेकाे छ ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ९.८९ अंकले बढेर ३११७.३६ विन्दुमा पुगेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस