अर्थ संसार, सुरुङ्गा (झापा) झापाको भद्रपुर नगरपालिका–२ मा धोएको कपडा सुकाउने क्रममा करेन्ट लाग्दा एक महिलाको शनिबार राति मृत्यु भएको छ ।
मृत्यु हुनेमा विशालपुर २२ नं टोल निवासी ४७ वर्षीया कुसुम राई रहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।
प्रहरीका अनुसार लुगा सुकाउँदा बिजुलीको तारमा छोएकाले उनलाई करेन्ट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको हो । शव आज मेची अञ्चल अस्पताल भद्रपुरमा परीक्षण गरिने प्रहरी चौकी पृथ्वीनगरले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस