Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा लाईफको आईपिओमा आवेदनको नयाँ इतिहास, कतिले पाँउछन् सेयर ?

अर्थ संसार

सोमबार, २५ साउन २०७८, ०६ : ३१ मा प्रकाशित

सानिमा लाईफको आईपिओमा आवेदनको नयाँ इतिहास, कतिले पाँउछन् सेयर ?

सानिमा लाईफ इन्स्योरेन्सको आईपिओमा हालसम्मकै उच्च संख्यामा आवेदन परेको छ । यो कम्पनीको आईपिओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गर्दै सर्वाधिक आवेदन पर्ने आईपिओ बनेको हो । 

आवेदन दिने अन्तिम दिन आईतबार साँझ ५ बजेसम्म यो आईपीओमा २४ लाख १९ हजार १२७ जनाको आवेदन परेको जनाइएको छ । जुन हालसम्मकै उच्च हो यसअघि युनियन लाइफ इन्स्योरेन्सको आईपीओमा सार्वधिक आवेदन परेको थियो यो आईपीओमा २१ लाख ५० हजार भन्दा बढिको आवेदन परेको थियो। 

सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले आईतबार साँझ ५ बजेसम्म २४ लाख १९ हजार १२७ आवेदकबाट ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता सेयर खरिदका लागि आवेदन परेको जनाएको छ । यो मागभन्दा ६.८४ गुणा बढी आवेदन हो। 

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको छ ।

यो कम्पनीको आईपिओ आवेदन दिने लगानीकर्ताहरुमध्य बाट गोलाप्रथाद्धारा ५ लाख ४० हजार आवेदकले समान १० कित्ता सेयर प्राप्त गर्ने छन् भने बाँकी करिब १८ लाख ५० हजार आवेदकहरुको भने हात खमलि हुनेछ । 

कम्पनीको आईपीओलाई केयर रेटिङले“केयर एनपी बीबीबी” रेटिङ प्रदान गरेको छ । यस रेटिङले कम्पनीको आधारभूत अवस्था मध्यम रहेको संकेत गर्दछ । त्यस्तै, कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने संकेत गर्दछ ।

सानिमा लाईफ इन्स्योरेन्सले गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ९ करोड ३६ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । सोही अवधिसम्म कम्पनीको जीवन बीमा कोषमा १ अर्ब ९२ करोड ३५ लाख रुपैयाँ पुगेको छ । चैत्र मसान्तसम्म कम्पनीले कुल १ अर्ब ४७ करोड ८२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । हाल चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २० करोड ६३ लाख २१ हजार रुपैयाँ रहेको छ । 

कम्पनीको आर्थिक वर्ष २०७६र७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९र८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको