Like us!
Follow us!
Connect us!
Watch us!

हालै आईपिओ जारी गरेको सानिमा लाइफको बीमा शुल्क १३३ प्रतिशतले बढ्यो, ईपिएस कति ?

अर्थ संसार

आइतबार, ३१ साउन २०७८, ०७ : ५३ मा प्रकाशित

हालै आईपिओ जारी गरेको सानिमा लाइफको बीमा शुल्क १३३ प्रतिशतले बढ्यो, ईपिएस कति ?

सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार सो अवधिसम्म कम्पनीको नाफामा वृद्धि भएको छ ।

गत आर्थिक बर्षको अन्तिमसम्म आइपुग्दा कम्पनीको खुद नाफा २०.३ प्रतिशतले बढेर १० करोड २७ लाख ७६ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ८ करोड ५३ लाख ८४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । 

समिक्षा अवधीमा कम्पनीको खुद बीमा शुल्क पनि १३३ प्रतिशतले बढेर १ अर्ब ९३ करोड ५४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिसम्ममा कम्पनीले ८२ करोड ९३ लाख १३ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

सो अवधिसम्ममा कम्पनीले १० करोड १ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

हाल चुक्ता पुँजी १ अर्ब ४ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २४ करोड ७ लाख रुपैयाँ रहेको छ । त्यस्तै यो अवधिसम्ममा कम्पनीको जीवन बीमा कोषमा २ अर्ब १० करोड २० लाख रुपैयाँ र महाविपत्ति कोषमा २ करोड ५५ लाख ५४ हजार रुपैयाँ सन्चित छ । 

समिक्षा अवधिमा कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३४ पैसा र प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ ६९ रुपैयाँ रहेको छ ।

कम्पनीले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

कम्पनीको आईपिओ बाँडर्फाट हिजो सनिबारमात्र सम्पन्न भएको हो ।मागभन्दा धेरै आवेदन परेको हुनाले उक्त आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड  भएको छ । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् ।  गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा लक्की नम्बर २ को चिट्ठा परेको छ ।

कम्पनीको आईपीओमा २४ लाख १९ हजार ८ सय ४८ आवेदकबाट ३ करोड ६९ लाख ५१ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । यो मागभन्दा ६.८४ गुणा बढी आवेदन हो । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको