Like us!
Follow us!
Connect us!
Watch us!

चिलिमेको नाफासंगै घट्यो रिजर्भको आकार, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

सोमबार, २५ साउन २०७८, ०७ : ११ मा प्रकाशित

चिलिमेको नाफासंगै घट्यो रिजर्भको आकार, प्रतिसेयर आम्दानी कति ?

चिलिमे जलबिद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीको खुद मुनाफा गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफा ५.८७ प्रतिशतले घटेर ७० करोड १८ लाख ३४ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ७४ करोड ५५ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद मुनाफासंगै कम्पनीको विद्युत बिक्री आम्दानीमा पनि गिरावट आएको छ  । विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १.११ प्रतिशतले घटेर १ अर्ब १२ करोड ८० लाख ५२ हजार रुपैयाँमा सिमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले विद्युत बिक्री आम्दानीबाट १ अर्ब १४ करोड ७ लाख ३९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

हाल चुक्ता पुँजी  ६ अर्ब २८ करोड ७ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ अर्ब ८५ करोड ६५ लाख ८२ हजार रुपैयाँ जम्मा गरेको छ । समिक्षा अवधिमा कम्पनीको रिजर्भको आकार १० प्रतिशतले घटेको हो।  

कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ११ रुपैयाँ १७ पैसा रहेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ४ पैसा रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात ६१.०५ गुणा रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको