Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, २ कम्पनीकाे काराेबार सर्किट लेभलमा

नेप्से

सोमबार, २५ साउन २०७८, १२ : ५४ मा प्रकाशित

२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, २ कम्पनीकाे काराेबार सर्किट लेभलमा

आज (साेमबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साेमबार हिमालयन पावर पार्टनर कम्पनी लिमिटेड र जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । हिमालयन पावर पार्टनर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ९० रूपैयाँ ८० पैसा पुगेकाे छ । त्यस्तै, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ८ सय २२ रूपैयाँ ४० पैसा पुगेकाे छ ।

त्यसैगरी, २ वटा कम्पनीकाे काराेबार सकारात्मक सर्किट लेभलमा भइरहेकाे छ । ङादी ग्रुप पावर कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्याेरेन्स कम्पनीकाे काराेबार सकारात्मक सर्किट लेभलमा भइरहेकाे हाे । 

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २.९९ अंकले घटेर ३१०५.१४ विन्दुमा पुगेकाे छ ।

6110d658aa0f0.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको