Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रो र फाइनान्सले धान्याे नेप्से परिसूचक, सेन्सेटिभ परिसूचक भने घट्याे

नेप्से

सोमबार, २५ साउन २०७८, १५ : ०५ मा प्रकाशित

हाइड्रो र फाइनान्सले धान्याे नेप्से परिसूचक, सेन्सेटिभ परिसूचक भने घट्याे

साताकाे दाेश्राे काराेबार दिन आज (साेमबार) पनि सेयर बजार झिनाे अंकले बढेकाे छ । तर सेन्सेटिभ परिसूचक भने घटेकाे छ । नेप्से परिसूचक बढ्नलाई हाइड्राेपावर र फाइनान्स उपसमूहले मद्दत पुर्याएकाे छ । दुवै उपसमूहकाे सूचक ३.३५ प्रतिशतले बढेकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार सेयर कारोबार मापक नेप्से परिसूचक १.५४ अंकले बढेर ३१०९.६६ विन्दुमा पुगेकाे छ । नेप्से ०.०५ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक भने २.०५ अंकले घटेर ५७५.९५ विन्दुमा पुगेकाे छ ।

कूल २२४ वटा कम्पनीकाे २ कराेड ५३ लाख ९३ हजार ६ सय ९९ कित्ता सेयर खरिदबिक्री हुँदा १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार ८ सय ८१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

6110f84387ab0.jpg

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ५ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ८ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

6110f849eef3f.jpg 

साेमबार पनि हाइड्राेपावर कम्पनीहरूमा लगानीकर्ताकाे आकर्षण कायमै छ । सर्वाधिक काराेबार हुने अनि सर्वाधिक नाफा कमाउने दुवैतिर अधिकांश हाइड्राेहरू छन् ।

केही हाइड्राेपावर कम्पनीले आकर्षक वित्तीय विवरण सार्वजनिक गरिरहँदा लगानीकर्ताकाे ध्यान यसतर्फ माेडिएकाे अनुमान लगाउन सकिन्छ । यति मात्र नभएर विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद सेयर निष्कासन गर्न पाउने प्रस्ताव विद्युत् नियमन आयोगले अगाडि बढाएको छ । आयोगले विद्युत् कम्पनीको सेयरको सार्वजनिक निष्कासनपूर्व स्वीकृतिसम्बन्धी निर्देशिका, २०७६ को प्रथम संशोधन प्रक्रिया अगाडि बढाएको छ । आयोगले निर्देशिकाको संशोधित मस्यौदामा यस्तो प्रस्ताव गरेको हो । साेही कारण पनि हाइड्राेपावरप्रति लगानीकर्ताकाे  आकर्षण बढेकाे अनुमान लगाउन सकिन्छ ।

साेमबार युनियन हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स, कर्पोरेट डेभलपमेन्ट बैंक, आईसीएफसी फाइनान्स र जीवन विकास लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

त्यसैगरी, युनियन लाइफ इन्स्योरेन्स, ङादी ग्रुप पावर र हिमालयन पावर पार्टनरको सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

6110f853d8b99.jpg

सोमबार अरूण भ्याली हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । त्यसपश्चात् धेरै कारोबार हुने अन्य कम्पनीहरूमा अपर तामाकोशी, अपि पावर, सिनर्जी पावर, युनाइटेड मोदी हाइड्रोपावर, नेशनल हाइड्रोपावर लगायतका कम्पनीहरू छन् ।

6110f84f08fdc.jpg

यसदिन १०.२५ प्रतिशत सिद्धार्थ बैंक डिबेञ्चर २०८३, १०.२५ प्रतिशत माछापुच्छ्रे बैंक डिबेञ्चर २०८५, सारथी नेपाल लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंक, मिर्मिरे लघुवित्त, नेपाल फाइनान्स लगायतका कम्पनीहरूले सर्वाधिक गुमाएका छन् ।

6110f85b89e2e.jpg

याे पनि :

ANALYSIS - NEPSE | NICA , NIFRA , UPPER, SSHL, NBB, IGI, UMHL, UPCL , SBL, JBBL and many more

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको