Like us!
Follow us!
Connect us!
Watch us!

सन नेपाल लाईफकाे आईपीओ १०० रूपैयाँमा नपाइने

अर्थ संसार

सोमबार, २५ साउन २०७८, १७ : २६ मा प्रकाशित

सन नेपाल लाईफकाे आईपीओ १०० रूपैयाँमा नपाइने

सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे तेश्राे वार्षिक साधारण सभा आज (साउन २५ गते, साेमबार) कम्पनीकाे कर्पाेरेट कार्यालय, कमलादी, काठमाडौंमा भर्चुअल माध्यममार्फत् सम्पन्न भएकाे छ ।

सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएकाे छ । सभामा सर्वसाधारणका लागि ६० लाख कित्ता सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने प्रस्ताव सर्वसम्मतबाट पारित गरिएकाे हाे ।

सञ्चालक समितिकाे तर्फबाट अध्यक्ष अनुज कयालद्वारा वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नाेक्सान हिसाब र साेही अवधिकाे नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको