Like us!
Follow us!
Connect us!
Watch us!

सानीमा बैंकको हकप्रद भर्नुभयो ?  आज अन्तिम दिन

आइतबार, २१ जेठ २०७४, ११ : १६ मा प्रकाशित

सानीमा बैंकको हकप्रद भर्नुभयो ?  आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं– सानिमा बैंकको हकप्रद भर्नु भयो ?  नभरेको भए आजै भर्नुहोस् । किन कि आज बैंकको १० बराबर तीनको अनुपातमा अर्थात ३० प्रतिशत हकप्रद सेयर भर्ने समय आज अन्तिम दिन रहेको छ ।

वैशाख १७ गतेदेखि बिक्री खुला गरेको बैंकको हकप्रदमा चैत १७ गतेसम्म कायम मात्रै आवेदन गर्न पाउनेछन् । बैंकले १ रुपैयाँ अंकित मूल्यमा एक अर्ब ५९ करोड १७ लाख ६१ हजार सात सय रुपैंया बराबरको एक करोड ५९ लाख १७ हजार छ सय १७ कित्ता हकप्रद सेयरको निष्काशन गरेको हो ।

बिक्री तथा प्रबन्धक सिबिआईएल क्यापिटल लिमिटेड

हकप्रद शेयर बिक्रीका लागि बैंकले सिबिआईएल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकका रुपमा नियुक्त गरेको छ । 

बैंकको हकप्रदमा सिबिआईएल क्यापिटल लिमिटेड, सानिमा क्यापिटल तथा सानिमा बैंकको केन्द्रीय कार्यालय लगायत सबै शाखाहरुबाट आवेदन गर्न सकिनेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको