Like us!
Follow us!
Connect us!
Watch us!

२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, २ कम्पनीकाे काराेबार सर्किट लेभलमा

नेप्से

मंगलबार, २६ साउन २०७८, १२ : १७ मा प्रकाशित

२ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट, २ कम्पनीकाे काराेबार सर्किट लेभलमा

आज (मंगलबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

मंगलबार जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ४ रूपैयाँ ६० पैसा पुगेकाे छ । त्यस्तै, आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय १३ रूपैयाँ १० पैसा पुगेकाे छ ।

त्यसैगरी, २ वटा कम्पनीकाे काराेबार सकारात्मक सर्किट लेभलमा भइरहेकाे छ ।युनियन लाइफ इन्स्याेरेन्स कम्पनी र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सकाे काराेबार सकारात्मक सर्किट लेभलमा भइरहेकाे हाे । 

यसका साथै, बेष्ट फाइनान्स, प्राेग्रेशिभ फाइनान्स र सप्तकाेशी डेभलपमेन्ट बैंककाे सेयरमूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २९ अंकले बढेर ३१३८.५९ विन्दुमा पुगेकाे छ ।

61121f2209be1.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको