Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से परिसूचकसँगै कारोबार रकममा उछाल, फाइनान्स र विकास बैंकमा किन बढ्याे आकर्षण ?

नेप्से

मंगलबार, २६ साउन २०७८, १५ : ०० मा प्रकाशित

नेप्से परिसूचकसँगै कारोबार रकममा उछाल, फाइनान्स र विकास बैंकमा किन बढ्याे आकर्षण ?

नेपाली सेयर बजार नयाँ कीर्तिमानीतर्फ लम्किरहेकाे छ । सेयर बजारमा आज फेरि अल टाइम हाइ रेकर्ड बनेकाे छ । नेप्से परिसूचकले यसअघिकाे नयाँ रेकर्ड ताेड्दै हालसम्मकै उच्च विन्दुमा पुगेकाे हाे ।

मंगलबार नेप्से परिसूचक ३१६१.४४ विन्दुमा पुगेकाे छ । यसअघि साउन २० गते, बुधबार ३१२३.२४ नेप्से परिसूचक विन्दुमा पुगी नयाँ रेकर्ड कायम गरेकाे थियाे । नेप्सेले आज साेही विन्दु ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । 

सेयर बजारले फेरि नयाँ रेकर्ड बनाउन थालेपछि लगानीकर्ताहरू उत्साहित छन् । लगानीकर्ताहरूकाे मनाेबल पनि बढ्दै गइरहेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ५१.८६ अंकले बढेर ३१६१.४४ विन्दुमा पुगेकाे छ । नेप्से १.६७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक १२ अंकले बढेर ५८७.९५ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि उछाल देखिएकाे छ । कूल २२५ वटा कम्पनीकाे ३ कराेड ३५ लाख ३५ हजार २ सय १३ कित्ता सेयर खरिदबिक्री हुँदा १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २ सय ७९ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

611248b966d75.jpg

611248c0ddd5d.jpg

काराेबार भएका १३ उपसमूहमा १० वटा उपसमूहकाे सेयर बढेकाे छ । बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै विकास बैंक र फाइनान्सकाे सूचक बढेकाे छ ।

611248c657b35.jpg

मंगलबार ११ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । जसमध्ये जीवन विका लघुवित्तबाहेक बाँकी सबै फाइनान्स र विकास बैंक छन् । विकास बैंक र फाइनान्सलाई सहयाेग पुग्ने गरी माैद्रिक नीति आउन लागेकाले यसतर्फ लगानीकर्ताकाे आकर्षण बढेकाे जानकारहरू बताउँछन् ।

611248d394d26.jpg

मंगलबार अपर तामाकाेशीकाे सर्वाधिक काराेबार भएकाे छ । त्यसपश्चात् धेरै काराेबार हुने अन्य कम्पनीहरूमा क्रमश : अरूण भ्याली, अपि पावर, जीवन विकास लघुवित्त, अरूण काबेली लगायतका कम्पनीहरू छन् ।

611248cdd1ccf.jpg

यस दिन साञ्जेन जलविद्युतका लगानीकर्ताले सर्वाधिक नाफा गुमाएका छन् । त्यसपछि मूल्य घट्ने अन्य कम्पनीहरूमा सिनर्जी पावर, बरूण हाइड्राेपावर, पञ्चकन्या माइ हाइड्राेपावर, घलेम्दी हाइड्राेपावर लगायतका कम्पनीहरू छन् ।

611248da08fcc.jpg

याे पनि :

ANALYSIS - NEPSE | NICA , NIFRA , UPPER, SSHL, NBB, IGI, UMHL, UPCL , SBL, JBBL and many more

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको