Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

विहीबार, २८ साउन २०७८, १३ : १५ मा प्रकाशित

नेप्सेमा ५ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बिहीबार जीवन विकास लघुवित्त, महालक्ष्मी विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र रूरू जलविद्युत परियाेजना लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

 जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ४ सय २५ रूपैयाँ ५० पैसा पुगेकाे छ ।  महालक्ष्मी विकास बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय २३ रूपैयाँ ७० पैसा पुगेकाे छ । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ५ सय ७८ रूपैयाँ ६० पैसा पुगेकाे छ । कामना सेवा विकास बैंककाे सेयरमूल्य १० प्रतिशतले बढेर ७ सय १२ रूपैयाँ ८० पैसा पुगेकाे छ । रूरू जलविद्युत परियाेजना लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर एक हजार ३ सय ३१ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, युनियन लाइफ इन्स्याेरेन्स कम्पनीकाे काराेबार सकारात्मक सर्किट लेभलमा भइरहेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले बढेर ७ सय ७७ रूपैयाँ पुगेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक २०.३५ अंकले बढेर ३१८२.९४ विन्दुमा पुगेकाे छ ।

6114d11520066.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको