Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

नेप्से

आइतबार, ३१ साउन २०७८, १२ : २२ मा प्रकाशित

नेप्सेमा ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ वटा कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आइतबार युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेड, खानीखाेला हाइड्राेपावर र जीवन विकास लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे । 

युनियन लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ८ सय ५४ रूपैयाँ ७० पैसा पुगेकाे छ । खानीखाेला हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर ४ सय १८ रूपैयाँ पुगेकाे छ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ६ सय ६८ रूपैयाँ पुगेकाे छ ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४६.३८ अंकले घटेर ३१३२.५३ विन्दुमा पुगेकाे छ ।

6118b81061e9a.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको