Like us!
Follow us!
Connect us!
Watch us!

भरतपुर महानगर १९ को सुनुवाई आज, कस्तो फैसला गर्लान् चोलेन्द्रशम्सेरले

सोमबार, २२ जेठ २०७४, ११ : २६ मा प्रकाशित

भरतपुर महानगर १९ को सुनुवाई आज, कस्तो फैसला गर्लान् चोलेन्द्रशम्सेरले

अर्थ संसार, काठमाडौँ– भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयको विरोधमा सर्बोच्च अदालतमा दायर रिटको आज  सुनुवाई हुदैछ ।

सर्वोच्च अदालतका न्यायधीश चेलेन्द्र शम्सेर राणाको एकल इजलासमा परेको रिटलाई सोबारका लागि एक नम्बरमा पेशी तोकिएको छ ।

यसअघि प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको मुद्धामा भाबुक शैलीमा फैसला गरेका नयायाधीश राणाले भरतपुर प्रकरणमा फैसला कस्तो गर्ने हुन् भन्ने चासो सर्वत्र बढेको छ ।

भरतपुर महानगरपालिका वडानम्बर १९ का एमालेका सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन आयोगको निर्णय बदर गर्नुपर्ने भन्दै उत्प्रेषण माग गरेका थिए । रिट निवेदकले च्यातिएका ९० मतपत्र बदर मानेर मतगणना गर्न गराउन उत्प्रेषणयुक्त परमादेशको माग गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको