Like us!
Follow us!
Connect us!
Watch us!

वितरणयोग्य मुनाफामा सबैभन्दा बलियो नबिल, कुन बैंकको लाभांश क्षमता कति ?

अर्थ संसार

मंगलबार, ०१ भदौ २०७८, १२ : ४२ मा प्रकाशित

वितरणयोग्य मुनाफामा सबैभन्दा बलियो नबिल, कुन बैंकको लाभांश क्षमता कति ?

नेपालका २७ वाणिज्य बैंकहरुमध्य २६ वटा बैंकहरु नेप्सेमा सुचिकृत छन् । ती सबै बैंकहरुले अहिले अघिल्लो आर्थिक बर्ष २०७७/७८ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । 

कम्पनीमा कति वितरण योग्य मुनाफा छ त्यसअनुसार कम्पनीले आफ्ना सेयरधनीहरुलाई कतिसम्म लाभांश वितरण गर्नसक्छ भन्ने कुराको पूर्वानुमान गर्न सकिन्छ । 

गत आर्थिक बर्षको अन्तिमसम्ममा सार्वजनिक वित्तीय विवरण अनुसार मुनाफा वितरण गर्नमा सबैभन्दा बलियो नबिल बैंक देखिएको छ । समिक्षा अवधी सम्ममा बैकको वितरणयोग्य मुनाफा ४ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । 

तेस्तै अवधीमा सबैभन्दा कम वितरण योग्य मुनाफा नेपाल एसबिआई बैंकको देखिन्छ । एसबिआई बैंकको वितरणयोग्य मुनाफा गत आर्थिक बर्षको अन्तिमसम्ममा ३३ करोड ९२ लाख रुपैयाँमा सीमित देखिन्छ । 

प्रतिसेयर वितरणयोग्य मुनाफा पनि नबिल बैंक नै अब्बल देखिएको छ । कम्पनीको प्रतिसेयर वितरणयोग्य मुनाफा ३० रुपैयाँ ७६ पैसा देखिन्छ । अहिलसम्मको कम्पनीको वितरणयोग्य मुनाफालाई कम्पनीको सुचिकृत सेयर संख्याले भाग गरेर कम्पनी प्रतिसेयर वितरणयोग्य मुनाफा निकालिएको हो । 

बैंकहरुले वितरणयोग्य नाफाबाहेक सेयर प्रिमियम, जगेडामा रहेको रकमसमेत प्रयोग गरेर लाभांश वितरण गर्न सक्नेछन्। यहाँ त्यसलाई गणना गरिएको छैन। बैंकहरुको शेयर प्रिमियम, जगेडा कोषलाई समेत हिसाब गर्दा लाभांश क्षमता बढ्न सक्ने छ। 

हालै नबिल बैंक र युनाईटेड फाइनान्सका बिचमा मर्जर र एक्विजिसनको प्रक्रिया सकिएर युनाईटेड फाइनान्सका सेयरधनीहरुले १००ः३५ को अनुपातमा नबिल बैंकको सेयर प्राप्त गरिसकेका छन् जसका कारण यो कम्पनीको सेयर संरचना र लाभांशमा परिवर्तन हुनेछ ।

यसरी हेर्दा गत आर्थिक बर्षको चौथौ त्रैमाससम्मको वित्तिय विवरणका आधारमा वाणिज्य बैंकहरुको वितरणयोग्य मुनाफाको अवस्था यस्तो छः

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको