Like us!
Follow us!
Connect us!
Watch us!
विरोधी सहयोगी बने तर आफ्नै विरोधी

बुढानिलकण्ठमा शेरबहादुर  हिसाब किताब गर्न व्यस्त

सोमबार, २२ जेठ २०७४, १५ : ०२ मा प्रकाशित

बुढानिलकण्ठमा शेरबहादुर  हिसाब किताब गर्न व्यस्त

अर्थ संसार, काठमाडौँ – एमालेले संसद अवरुद्ध गरेपछि यतिबेला प्रधानमन्त्रीका उम्मेदवार देउवा आफ्नै निवास बुढानिलकण्ठमा हिसाब किताब गर्न व्यस्त रहेका छन् ।

 सर्वोच्च अदालतले पुनः निर्वाचन होइन, पुनः मतदान गर्ने आदेश दिएमा एमालेले भोलीदेखि संसद चल्न दिनेछ । यदी सर्वोच्चले पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर मानेमा एमालेको अवरोधका कारण देउवाको प्रधानमन्त्री बन्ने यात्रा अझै लम्बिने निश्चित जस्तै देखिएको छ ।
 
देउवा प्रधानमन्त्री बन्नेमा अब कुनै विवाद नरहेपनि उनको सिंहदरबार प्रवेशमा एमाले तगारो बनेर उभिएको छ । हालकै अवस्था कायम रहे केही दिन उनको सिंहदरबार यात्रा लम्बिने देखिन्छ । प्रधानमन्त्रीमा निर्वाचित हुनका लागि देउवालाई सुविधाजनक बहुमत मात्रै होइन लगभग दुई तिहाइकै हाराहारीमा समर्थन जुटिसकेको छ ।
 
माओवादी केन्द्र, राप्रपा, नेपाल लोकतान्त्रिक फोरम, संघीय समाजवादी फोरम लगायतका दलहरुले समर्थन गर्ने निर्णय गरिसकेका छन् । संघीय समाजवादी फोरमले तत्काल सरकारमा नआउने बताए पनि राप्रपा, फोरम लोकतान्त्रिकलाई मन्त्री बनाउनु पर्ने बाध्यता देउवाको अगाडि छ ।

कांग्रेस र माओवादीबीच अर्थ र गृह मन्त्रालय साटने समझदारी भएको छ । देउवालाई अन्य पार्टीको भन्दा पनि आफ्नै पार्टीभित्रबाट मन्त्री बन्नेहरुको टुंगो लगाउन महाभारत भएको छ । आफ्नै समूहभित्र र रामचन्द्र पौडेल पक्षले धेरै मन्त्रालयको दावी गरेपछि देउवा संकटमा परेका छन् ।

यस्तै खुमबहादुर खड्का समूहले पनि आफूहरुलाई दुई मन्त्री दिनपर्ने अडान राखेको छ । साना एवम् एक सिटे दलले समेत मन्त्री खान मुख मिठ्याएर बसेका छन् । जसका कारण संसद खुलेर प्रधानमन्त्री चयन भएपनि देउवाका लागि आगामी दिनको यात्रा भने सहज नरहेको बताइन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको