Like us!
Follow us!
Connect us!
Watch us!

बीमा संस्थानको प्रिमियम कनेक्ट आईपीएसबाट तिर्न सकिने

अर्थ संसार

विहीबार, ०३ भदौ २०७८, १७ : ३९ मा प्रकाशित

बीमा संस्थानको प्रिमियम कनेक्ट आईपीएसबाट तिर्न सकिने

जीवन बीमा प्रदायक कम्पनी राष्ट्रिय बीमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ ।

डिजिटल भुक्तानीका लागि संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आईपीएसमार्फत डिजिटल भुक्तानी सम्बन्धी सम्झौताअनुसार अब बीमा संस्थानमा बीमाशुल्क कनेक्ट आईपीएसबाट तिर्न सकिने भएको छ ।

संस्थानका प्रशासक कविप्रसाद पाठक र क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेशमानसिंह प्रधानले बुधबार आयोजित एक कार्यक्रमकाबीच डिजिटल भुक्तानी सेवा शुभारम्भ गरेका हुन् । डिजिटल भुक्तानी सेवा शुभारम्भ गर्दै प्रशासक पाठकले आफ्नो ७५ हजार पाँच सय ९५ रूपैयाँ बराबरको बीमाशुल्क कनेक्ट आईपीएसमार्फत भुक्तानी गरेका छन् ।

पहिलो चरणमा जीवन बीमाको प्रिमियम भुक्तानी अनलाइन मार्फत गरेको छ भने संस्थानले पछिल्लो चरणमा इन्स्योरेन्स दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगानी लगायतका विभिन्न कारोबारहरु बैंक खाताहरुबाट सोझै गर्न सक्ने गरी कार्य अघि बढाएको छ

संस्थानले विगतमा ‘डस’ प्रविधिमा आधारित काम गरेकोमा अब डिजिटल प्रविधिबाट काम गर्न सक्ने भएको छ । बीमा संस्थानले प्रणाली सुदृढीकरण तथा अटोमेसन गर्न आफ्नो आन्तरिक प्रणाली स्तरोनत्ती गरी एनसीएचएलको नेशनल पेमेन्टस् इन्टरफेस (एनपीआई) मार्फत सम्पूर्ण भुक्तानी कारोबारहरु विद्युतीय माध्यम मार्फत गर्न गत सालको चैत्र महिनाको सम्झौतापछि कार्य अघि बढाएको हो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको