Like us!
Follow us!
Connect us!
Watch us!

निर्जीवन बीमा क्षेत्रको बीमा शुल्क आर्जन ३.६६% घट्यो, कुन कम्पनीले कति गरे संकलन ?

अर्थ संसार

विहीबार, २३ कार्तिक २०८०, ०९ : ०५ मा प्रकाशित

निर्जीवन बीमा क्षेत्रको बीमा शुल्क आर्जन ३.६६% घट्यो, कुन कम्पनीले कति गरे संकलन ?

चालु आर्थिक वर्ष २०८० /८१ को असोज महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले कुल १० अर्ब ४४ करोड ५५ लाख रुपैयाँ  कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् । बीमा प्राधिकरणले प्रकाशित गरेको असोज मसान्तसम्मको वित्तिय विवरण अनुसार यी कम्पनीहरुले ६ लाख ८१ हजार ४६४ वटा बीमा पोलिसी बिक्रि गर्दा पनि  बीमा व्यवसाय घटेको देखिएको छ ।

समग्रमा निर्जीवन बीमा कम्पनीहरुको कुल बीमा शुल्क आर्जन ३ दशमलव ६६ प्रतिशतले घटेको देखिन्छ । कम्पनीहरुले गत आर्थिक वर्षको सोहि अवधिसम्ममा कुल १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क कमाएका थिए। 

यस अवधिमा सबैभन्दा धेरै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिसम्ममा १ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सबैभन्दा धेरै बीमा शुल्क आर्जन गरेपनि गत वर्ष भन्दा कम्पनीको बीमा शुल्क आर्जन २.७३ प्रतिशतले घटेको छ। 

तेस्तै  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले यस अवधिमा १ अर्ब ६ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यस कम्पनीको पनि गत वर्ष भन्दा २०.१७ % ले बीमा शुल्क संकलन घटाएको छ। 

अर्को निर्जीवन शिखर इन्स्योरेन्सले यस अवधिसम्ममा १ अर्ब ४ करोड १२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको तुलनामा २.०८ प्रतिशतले बढेको हो। 

बिमा शुल्क आर्जन मा २९.२९ प्रतिशत बढाउदै हिमालयन एभरेष्ट इन्स्योरेन्सले ९४ करोड ८३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्तै आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले ८६ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन ७.५८ प्रतिशतले बढेको हो।

नेको इन्स्योरेन्स कम्पनीले ८४ करोड ३ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन १.४४ प्रतिशतको वृद्धि हो। 

अर्को कम्पनी यूनाइटेड अजोड इन्स्योरेन्सले बीमा शुल्क आर्जन गत वर्ष भन्दा  १०.४८ प्रतिशतले घटाउदै ७० करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

एनएलजी इन्स्योरेन्स कम्पनीले ६७ करोड ५५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । जुन १०.५९ प्रतिशत घटेको हो। 

बीमा शुल्क आर्जन बढाउने अर्को कम्पनी सानिमा जिआइसी इन्स्योरेन्सले ५९ करोड ५४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।कम्पनीले  ११.९५ प्रतिशतले बढाएको हो। 

 प्रभु इन्स्योरेन्सले ५६ करोड ५८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।प्रभुले ३७.०३ % ले बिमा शुल्क आर्जन बढाएको हो। 

राष्ट्रिय बीमा कम्पनीले ५५ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तर यस कम्पनीको शुल्क आर्जन ५६,१२ प्रतिशतले घटेको हो। 

तेस्तै ओरिएण्टल इन्स्योरेन्सले ५२ करोड ५९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बीमा शुल्क आर्जन  गत वर्ष भन्दा ३२.६५ प्रतिशतले बढाएको हो। 

नेपाल इन्स्योरेन्स कम्पनीले ३७ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्ष भन्दा १४.२७ प्रतिशतले घटेको हो। 

नेशनल इन्स्योरेन्स कम्पनीले ३७ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।जुन गत वर्ष भन्दा १३.३० प्रतिशतले बढेको हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको