Like us!
Follow us!
Connect us!
Watch us!

कोरिया रोजगारीको बाटो खुल्यो

पत्रपत्रिका

शुक्रबार, ०४ भदौ २०७८, ०६ : ४९ मा प्रकाशित

कोरिया रोजगारीको बाटो खुल्यो

रोजगार अनुुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियाको रोजगारीमा जान सबै प्रक्रिया पूरा गरी झन्डै डेढ वर्षदेखि प्रतीक्षामा रहेका श्रमिकका लागि बाटो खुलेको छ । दक्षिण कोरियाको रोजगारीमा सरकारले कार्यविधि नै संशोधन गर्दै काठमाडौँबाट सीधै सिओलसम्मको हवाई टिकट खरिदका लागि बुधबार टेन्डर आह्वान गरेको छ । यससँगै रोजगारीमा जानेको बाटो खुलेको हो ।

वैदेशिक रोजगार विभागले आर्थिक वर्ष २०७८र७९ वा कोरोना महामारीका कारण दक्षिण कोरियाको मानव संसाधन विभाग ९एचआरडी०को सीधा उडानमार्फत पठाउनुपर्ने सर्तमध्ये जुन पहिला आउँछ, सो अवधिसम्मका लागि हवाई टिकट खरिद गर्न टेन्डर आह्वान गरेको जनाएको छ । विभागका अनुसार इजाजतप्राप्त संस्थाहरूलाई ३१ दिनभित्र विद्युतीय बोलपत्र पेस गर्न आग्रह गरिएको छ ।

यसअघि पनि दक्षिण कोरिया श्रमिक पठाउने टेन्डर आह्वान हुन्थ्यो तर सीधै दक्षिण कोरिया पठाउनुपर्ने सर्त नभएको भन्दै विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले यस पटक कोरोना जोखिमका कारण कोरियाले सीधै सिओल पुग्नुपर्ने सर्त राखेपछि कार्यविधि संशोधन गरी त्यसअनुसार टेन्डर आह्वान गरिएको जानकारी दिए । 

गोरखापत्र दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको