Like us!
Follow us!
Connect us!
Watch us!

ईपिएस भाषा परीक्षा रोकेर आफूहरुलाई पठाउन कोरिया रिटर्नीको माग, सुनुवाई नभएर चरणवद्ध आन्दोलन गर्ने चेतावनी

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, १० : ३८ मा प्रकाशित

ईपिएस भाषा परीक्षा रोकेर आफूहरुलाई पठाउन कोरिया रिटर्नीको माग, सुनुवाई नभएर चरणवद्ध आन्दोलन गर्ने चेतावनी

कोरिया रिटर्नीहरुले आफूहरुलाई तुरुन्त रोजगारका लागि कोरिया पठाउन सरकारसमक्ष माग गरेका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले ईपिएसको नयाँ भाषा परीक्षा रोकेर आफूहरुलाई रोजगारका लागि पठाउन माग गरेका हुन् । उनीहरुले सरकारले कोरिया रिर्टनीहरुलाई विभेदकारी व्यवहार गरेको आरोप लगाए । 

कोरिया रिर्टनीका संयोजक नविनकुमार राईले अहिले खुलाईएको भाषा परीक्षा तत्काल बन्द गरेर रिटर्नीहरुलाई पठाउनुपर्ने बताए । आफूहरुले पहिला काम गरेको कम्पनीमा फाईल पठाउनका लागि पटक–पटक आग्रह गर्दापनि सम्बन्धित निकायबाट सुुनुवाई नभएको उनको गुनासो छ । 

‘रिर्टनीहरुका लागि पहिलाको कम्पनीमा हाम्रो फाईल पठाइयोस् भनेर हामीले माग राखेका छौं । परीक्षा खुलाएको छ, यो परीक्षा खुलाएको नोटिस तुरुन्त हटाइयोस्,’–उनले भने । 

उनले नयाँ भाषा परीक्षाको लागि खुलाइएको फर्मको सूचना तुरुन्त नहटाए एचआरडी नेपाल, वैदेशिक रोजगार विभाग र आवश्यक परे कोरियन दूतावास घेर्नेसमेत चेतावनी दिए । 

‘उक्त सूचना नहटाएको खण्डमा हामीले गर्नुपर्ने आन्दोलन एचआरडी नेपालमा घेर्नुपर्ने, वैदेशिक रोजगार विभाग घेर्नुपर्ने वा कोरियन एमवेसीलाई घेर्नुपर्ने हामी गर्छौं । हामी छोड्दैनौं । किनभने हाम्रो भविष्यमाथि खेलबाड गरिएको छ ,’– संयोजक राईले भने । 

उनकाअनुसार अहिले कोरियाबाट फर्किएर जानका लागि पखाईमा रहेकाहरुको संख्या संख्या चार हजार पाँच सयभन्दा बढि छ । भाषा परीक्षमा सहभागी भएर, सम्पूर्ण प्रक्रियाहरु पूरा गरी कोरिया जाने अन्तिम चरणमा रहेपनि आफूहरुलाई रोजगारको प्रक्रियामा समावेश नगरिएको भन्दै उनीहरुले आपत्ति जनाए । 

कोरिया रिटर्नी टेकबहादुर थापाले ईपिएस सिस्टममा आफूहरुलाई विभेद गरिएको बताए । आफूहरु एक कार्यकाल कोरिया बसेर नेपाल आएपछि नयाँ समूहसँगै फेरि पनि भाषा परीक्षा पास गरेपनि रोजगारको प्रक्रियामा समावेश नगरिएको भन्दै उनले आपत्ति जनाए । अहिले ९८ प्रतिशत नयाँलाई पठाएर २ प्रतिशतमात्रै रिटर्नीहरुलाई समावेश गरिएको थापाको भनाई छ । 

‘कोरिया भाषा पास गरिसकेपछि रोस्टरमा बस्ने हो । रोस्टरमा दुई हजार मान्छे हुँदाहुँदै किन नयाँ भाषा परीक्षा फर्म खोलियो ? अहिले नेपाल सरकारको मातहतमा र कोरियाको एचआरडी मातहतमा सिविजी भन्ने कोरिया रिर्टनीहरुका लागि भाषा परीक्षा फर्म खोलिएको छ । त्यो फर्म किन खोलिएको हो ? हामी यहाँ पास भएर बसेकै छौं । यो विषयमा नेपाल सरकारले गम्भीर रुपमा लिईदिनु पर्यो,’– उनले भने ।

पत्रकार सम्मेलनमा कोरिया रिटर्नीहरु निर्मल राणा मगर, नारायण प्रसाद भुसाल, विनोद शाक्य लगायतले राज्यले नयाँ र रिटर्नीहरुबीच विभेद गरेको बताए । युवाहरुको भविष्यमाथि खेलबाड नगर्न उनीहरुले सरोकारवालाको ध्यानाकार्षण गराए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको