Like us!
Follow us!
Connect us!
Watch us!

ईपीएस मार्फत दक्षिण कोरिया जाने नेपालीको माग तीन गुणाले बढ्यो

पत्रपत्रिका

बुधबार, ११ माघ २०७९, ०६ : ३२ मा प्रकाशित

ईपीएस मार्फत दक्षिण कोरिया जाने नेपालीको माग तीन गुणाले बढ्यो

पछिल्लो पटक दक्षिण  कोरियामा  रोजगार अनुमति प्रणाली(ईपीएस)मार्फत जाने नेपालीको माग तीन गुणाले बढेको जनाइएको छ । दक्षिण कोरियाको साना तथा मझौला उद्योगमा श्रमिक अभाव भएपछि रोस्टर (योग्य श्रमिक सूची)मा रहेका नेपालीकोमाग तीन गुणाले बढेको हो । दक्षिण कोरियाले नेपालसहितका विभिन्न १६ देशबाट ईपीएसमार्फत श्रमिक आपूर्ति गर्दै आएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाका निर्देशक पुष्पराज कटुवालले पछिल्लो पटक दक्षिण कोरियामा श्रमिक आपूर्ति गर्ने १६ देशमध्येसबै भन्दा धेरै नेपाली श्रमिक पहिलो छनोटमा  परेको जानकारी दिए । उनका अनुसार यसअघि कम्बोडियाबाट  बढी श्रमिक लिँदै आएकामा यो वर्ष भने दक्षिण कोरियाले नेपाली श्रमिक बढी  लिँदै आएको छ ।

शाखाले पछिल्लो पटक ईपीएसमार्फत मासिक दुुई हजार नेपाली श्रमिक  पठाउने गरी तयारी गरेको जनाएको छ । नेपालबाट जाने श्रमिकको प्रक्रिया छिटो छरितो हुने गरेका कारण पनि कोरियाले नेपालबाट  श्रमिक लैजानको टासमेत थप गरेको शाखाका निर्देशक कटुुवालले जानकारी दिए । गोरखापत्र दैनिकमा समाचार छ ।     

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको