Like us!
Follow us!
Connect us!
Watch us!

तीन दलबीच सहमति : शेरबहादुर देउवा भोली प्रधानमन्त्री बन्दै

सोमबार, २२ जेठ २०७४, १८ : ५७ मा प्रकाशित

तीन दलबीच सहमति : शेरबहादुर देउवा भोली प्रधानमन्त्री बन्दै

अर्थ संसार, 
काठमाडौं – संसदका प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुको बैठकमा संसदको जारी गतिरोध अन्त्य गर्दै निर्धारित मितिमै निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने सहमति भएको छ ।

बैठकमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सरकारले तोकेकै असार १४ गते निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा शान्तिपूर्ण रुपले सम्पन्न गर्ने, आगामी माघ ७ गतेभन्दा अगाडि नै प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न गर्ने, निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न दलहरुले सबैमा अपील गर्ने, पहिलो चरणको स्थानीय तह निर्वाचनबारे छानविन गर्न गठित संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा निर्वाचनलाई थप मर्यादित बनाउने र संसदमा जारी गतिरोध अन्त्य गर्ने सहमति भएको हो ।

सभामूख ओनसरी घर्तिको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, एमाले नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, भीम रावल, सुवास नेम्वाङ, कांग्रेस नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महरा सहभागी हुनुहुन्थ्यो ।

59355b045fc5c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको