Like us!
Follow us!
Connect us!
Watch us!

आज देशले नयाँ प्रधानमन्त्री पाउँछ होला त ?

मंगलबार, २३ जेठ २०७४, ०५ : १२ मा प्रकाशित

आज देशले नयाँ प्रधानमन्त्री पाउँछ होला त ?

 अर्थ संसार, काठमाडौं – प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध नगरको खण्डमा आज देशले नयाँ प्रधानमन्त्री पाउने छ । हिजो ( सोमबार) भएको शिर्ष नेताहरुको सहमति नतोडिने हो भने देशले नयाँ प्रधानमन्त्री पाउनेछ ।

नेपाली कांग्रसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुनेछ । एमालेले भरतपुर महानगरपालिकाको निर्वाचन सन्दर्भमा निर्वाचन आयोगको निर्णय गलत भएको भन्दै प्रधानमन्त्री चयन प्रक्रियामा अवरोध गर्दै आइरहेको थियो ।

तर, सोमबार  संसदका प्रमूख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरुको बैठकमा संसदको जारी गतिरोध अन्त्य गर्दै निर्धारित मितिमै निष्पक्ष, भयरहित र शान्तिपूर्ण निर्वाचन सम्पन्न गर्ने सहमति भएको छ ।

बैठकमा स्थानीय तहको दोस्रो चरणको निर्वाचन सरकारले तोकेकै असार १४ गते निष्पक्ष, स्वतन्त्र, भयरहित वातावरणमा शान्तिपूर्ण रुपले सम्पन्न गर्ने, आगामी माघ ७ गतेभन्दा अगाडि नै प्रदेश सभा र संघीय संसदको निर्वाचन सम्पन्न गर्ने, निर्वाचनलाई निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न दलहरुले सबैमा अपील गर्ने, पहिलो चरणको स्थानीय तह निर्वाचनबारे छानविन गर्न गठित संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा निर्वाचनलाई थप मर्या्दित बनाउने र संसदमा जारी गतिरोध अन्त्य गर्ने सहमति भएको हो ।

व्यवस्थापिका–संसद्मा स्पष्ट बहुमत भएपनि एमाले सदन चल्दा नदिदा जेठ २१ गते सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुनबाट रोकिनु भएको थियो ।प्रमुख दलबीच सहमति जुटाउने भन्दै संसद्को बैठक आज १३.०० बजेसम्मका लागि स्थगित भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको